Home / Feature Breaking news / विमानस्थलको विरोधमा उर्लिए स्थानीयबासी

विमानस्थलको विरोधमा उर्लिए स्थानीयबासी

दाङ, १४ असोज

नारायणपुर क्षेत्रमा अन्तरािष्ट्रय हवाई मैदान बनाउने विषयलाई लिएर त्यस क्षेत्रका बासिन्दाहरु आन्दोलित भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १०, ११ र १२ का बासिन्दाहरु आन्दोलित भएका हुन् ।

आफुहरुसँगको सल्लाहविना विमानस्थल निर्माणको विषय आएकाले संघर्ष समिति बनाएर उनीहरु आन्दोलित भएका हुन् ।

संघर्ष समितिको अगुवाईमा आईतवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । यस्तै घोराही उपमहानगरपालिकामा पनि उनीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

संघर्ष समितिका सदस्य सचिव धर्म सिजवालको नेतृत्यमा रहेको करिब ५ सय बढीको संस्थामा रहेका स्थानीयबासीहरुले घोराहीमा नाराबाजी गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा पर्यटन मन्त्री दाङ आएको समयमा भ्रामक विषयमा उहाँलाई जानकारी गराईएको प्रति उनीहरुले विरोध गरेका छन् ।

पर्यटन मन्त्री रविन्द्र अधिकारी दाङ आएको समयमा मन्त्रीलाई भूगोलको बारेमा यथार्थ जानकारी गराउने भनेर स्थानीयबासीहरु गएको भएपनि केही व्यक्तीहरुको हस्तक्षेपमा वास्तविक स्थलको मन्त्रीले अवलोकन नगरेकोमा विरोध गरेका छन् ।

मन्त्रीलाई मज्गैमा केही व्यक्तीहरुले भ्रामक जानकारी दिएको भन्दै उनीहरुले यथार्थ नबुझेर मन्त्री फर्कीएकोमा पनि विज्ञप्तीमा विरोध गरेका छन् ।

यस्तै पूर्वमा गुर्जे खोलादेखी, पश्चीममा हापुर खोला एवं उत्तरमा दामोदर रोडदेखी दक्षीणमा घोराही तुलसीपुर मूल सडकको बिच भुभागमा करिब २ हजार बढी घर एवं हजारौ जनसंस्था रहेको, मुस्कीलले २०÷२५ बिघा जग्गामा गुठीको रहेको, यसक्षेत्रमा १ क्याम्पस, ३ सामुदायिक मावि विद्यालय र निजी विद्यालयहरु रहेको, ऐतिहासिक मन्ठोरिया मन्दिर रहेको करडौको लगानीमा निर्माण भएको खानेपानी ट्यांकी, उद्योगहरु सञ्चालनमा रहेको, सिचाईकालागी खोलाहरुमा करडौको रकम खर्च भईसकेकोले यसलाई विनास गर्न सम्भवन नभएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

साथै ज्ञापनपत्रमा यस क्षेत्रकालागी टरिगाँउ विमानस्थलको सुधार गरि शीघ्र हवाई सेवा नियमीत सञ्चालन गर्न माग गरिएको छ । आँफूहरुको वेवास्ता गरि सरकार अगाडी बढेमा जस्तोसुकै कदम चाल्नपनि आफूहरु तयार हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाईसकेपछि तुलसीपुर चोकमा सभा पनि भएको थियो । सभामा स्थानीय अगुवा देवराज लामीछाने, महिला प्रतिनिधी नोखी खत्री र विद्यार्थि तुलसा पुनले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण संघर्ष समितिका सदस्य सचिव धर्म सिजवालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*