Home / Feature Breaking news / नागेश्वर मन्दिरमा दलित महिला पुजारी

नागेश्वर मन्दिरमा दलित महिला पुजारी

दाङ, १५ असोज । कुनै समय थियो मन्दिरमा तल्लो जातलाई प्रवेश गर्न दिइदैन थियो । उनीहरुले मन्दिर छोए पाप लाग्छ भनेर विभेद गदै मन्दिर प्रवेश गर्न रोक लगाउने चलन थियो । तर समय विस्तारै बद्लिदै आएको छ । पहिलेजस्तो अहिले जातजातिको नाममा हुने विभेद कम भएको छ । मन्दिरमा पनिदलितलाई रोक हुदैन । त्यसैको एउटा उदाहरण हो, घोराही उपमहानगरपालिका– मसिनामा रहेको शिव पार्वती नागेश्वर मन्दिर ।

मन्दिरमा पूजा गर्न जाने मात्र होइन मन्दिरकै अहिले दलित पुजारीका रुपमा रहेकी छिन पार्वती विश्वकर्मा । पार्वतीले विगत ३ बर्षदेखि मन्दिरमा पुजारीको काम गर्दैआएकी छिन । त्यो मन्दिरमा अहिले बह्माण,क्षेत्रीलगायतका विभिन्न जातजातिहरु पुजापाठसँगै घुम्न समेत जाने गरेका छन । उनका अनुसार घरपरिवार रोल्पाली भएपनि घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण परिवार भारतका विभिन्न सहरहरुमा रोजगारीका क्रममा जाने र्गर्थे । त्यही समयमा उनी पनि भारतमै जन्मिन् । उतै हुर्किइन । परदेशमै हुर्किएकी उनले पढ्न समेत पाईनन् । तर अहिले उनी पूजापाठसँगै सस्कृतका श्लोकहरु समेत भन्छिन । ‘इन्डियामा मलाई पढाउनका लागि बुबाले स्कुल भर्ना गर्दिनुभएको थियो,तर म स्कुल गइन र पढिन’,नागेश्वर शिव पार्वती मन्दिरमा भेटिएकी पुजारी पार्वतीले भनिन्,‘सुरुमा मलाई नाम लेख्न समेत आउदैनथ्यो तर पछि छोरीहरुको सहयोगमा नाम लेख्न सक्ने भए । तर अहिले धेरै कुरा सिकेको छु ।’

पार्वती सामान्य परिवारकी हुन । उनको करिव ४ कट्टा जमीन छ,तर बस्नलाई घर छैन । इण्डियावाट आएपनि उनको परिवार मसिनामै एउटाघरमा कोठा भाडामा लिएर बसेको थियो । नजिकैको खोलामा जाने र दिनभरगिट्टी कुट्दै दैनिक गुजार गर्दै आएकी थिइन । उनका श्रीमान पनि गाउँघरदेखिघोराही बजारसम्म मजदुरी गर्न आउथे । त्यही काम गरेर आएको पैसावाटपरिवारको खर्च चलाउदै आएका थिए । २०७२ सालमा उनी विरामी परिन । सुरु सुरुमा काम्ने, धेरै बेरसम्म बेहोस हुनेलगायतका समस्या देखिए । ‘बिरामी हुन थालेपछि सुरुमा उपचार गर्न लागे तर भएन’, विगतका काहानी सुनाउदै उनले भनिन्,‘ ममा तँ नागको माध्यमवाट स्वर्गद्धारी महाप्रभूको शक्ति चढको रहेछ ।’ नागको पूजा गर्न थालेपछि आफु काम्ने विरामी हुन समेत छोडेको उनले बताइन । ‘नागलाई मैले केही दिनसम्म पूजा गरे ।

parbati त्यस समयमा मलाई धेरैले यो
आईमाई बौलाई समेत भने । तर उनीहरुले भने जस्तो भएन ।

मैले निरन्तर रुपमा पूजा गरिरहे । स्वर्गद्धारी महाप्रभूले भने जस्तै पुजा र दुधको धार हाल्न थालेपछि त्यहाँ नाग देखिए’ उनले भनिन ‘ मानिसहरु हेर्न आउन थाले । त्यसपछिमानिसहरुमा विश्वास बढ्न थाल्यो ।’ नाग देखिने ढुङगामामुख्य नागेश्वर मन्दिर निर्माण भएको छ । त्यसपछि यस ठाउँको प्रचार प्रसार हुनथाल्यो । ‘सुरुमा महिला,त्यसमा पनि दलित भएका कारण उच्च जातीका मानिसहरुआउनुभएन’,उनी भन्छिन,‘मन्दिर निर्माणसँगै अनौठा शक्तिहरु देखिन थालेपछिउहाँहर समेत मन्दिरमा पूजापाठ गर्न आउने गर्नुभएको छ ।’ पछिल्लो समय उनी माताले रुद्रीपाठ गराउनेदेखि ग्रहदशा हेर्ने तथा धार्मिक पूजापाठ समेत गर्ने गरेकी छिन ।

प्रचार भएपछि देश विदेशमा रहेका धर्मलम्वीहरुको सहयोगमा गणेश तथाशिवपावर्तको मन्दिर निर्माणदेखि गौशाला निर्माणको काम समेत भएको छ ।सामुदायिक वन क्षेत्रभित्र पर्ने उक्त स्थानलाई धार्मिक वन बनाउनेदेखि उक्त जमिनसम्याउने काम गरिएको छ । यसले गर्दा मसिनालाई धार्मिक पर्यटनका रुपमा अघिबढाउने स्थानीयहरुको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*