Home / Feature Breaking news / प्रजातन्त्र सेनानी तिलक डाँगीको निधन

प्रजातन्त्र सेनानी तिलक डाँगीको निधन

दाङ, २४ फागुन । प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तिलकबहादुर डाँगीको ९०  वर्षको उमेरमा शनिवार विहान घोराही उपमहानगरपालिका—१५ स्थित आफ्नै निवासमा निधन भएको छ । उनी दम, उच्च रक्तचाँपलगायतका समस्याले विरामी थिए । उनका ४ छोरा र १ छोरी छन् । हालको तुलसीपुर उपमहानगरपालिका–१ दुधरास स्थायी निवासी डाँगीको शनिवार दिउँसो पत्रेखोलामा अन्त्यष्टि गरिएको छ । अन्त्येष्ठिमा नेपाली कांग्रेसका जिल्ला नेतालगायत विभिन्न जनवर्गीय संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

घोराहीमा निधन भएका डाँगीको पार्थिव शरीरलाई नेपाली कांग्रेसको पार्टी कार्यालय घोराहीमा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो । सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति कीर्ति खड्का, सचिव शंकरप्रसाद डाँगीलगायत क्षेत्रीय सभापतिहरु, उपसभापतिहरु, विभिन्न भ्रातृ संगठनका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यसपछि स्वर्गीय डाँगीको दुधरास स्थित पत्रेखोला घाटमा दाहसंस्कार गरिएको थियो । उनको अन्त्येष्टिमा कांग्रेस दाङका पूर्वसभापति वीरकेशरी गौतम, जिल्ला सभापति कीर्तिबहादुर खड्का, कांग्रेस नेता गेहेन्द्र गिरी, सार्वजनिक लेखा समितिका सभापति तथा प्रदेश सभासद डिल्लीबहादुर चौधरी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, भूपबहादुर डाँगी, उपसभापति कमानसिंह भारती, युवानेता दीपक पाण्डे, रमेशकुमार पाण्डे, प्रकाश सुवेदी शिक्षक संघका अर्जुन गिरी, प्रकाश डाँगी, चिन्ताबहादुर बुढाडोकीलगायत सयौँ नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

विसं २००७ शालको जनक्रान्तिमा संलग्न डाँगीले नेपाली कांग्रेसको राजनीतिक यात्रालाई अन्तिम समयसम्म पनि रोकेनन् । विसं २०१८ सालमा नेपाली कांग्रेसले थालेको सशस्त्र आन्दोलनमा सक्रिय डाँगीले विसं २०१९ सालमा नेपाली कांग्रेसले थालेको सशस्त्र आन्दोलनकै क्रममा राप्ती भेरी क्रान्तिको नेतृत्वको जिम्मा लिए । उनकै नेतृत्वमा सुर्खेत कम्बा गरेको । विसं १६ सालदेखि नै निरन्तर १८ वर्ष नेपाली कांग्रेस दाङको जिल्ला सभापतिका रुपमा सक्रिय डाँगीले विसं १०१६ सालमै जिल्ला विकास बोर्डको सदस्यको जिम्मेवारी पनि सक्रियतापूर्वक निर्वाह गरे । विसं २०४८ सालदेखि त्रिभूवन नगर नगर विकास समितिको सदस्य, प्रजातान्त्रिक सेनानी संघको दाङ जिल्ला सभापति र केन्द्रीय सदस्य, जनकल्याण मावि दुधरासको व्यवस्थापन समितिको संस्थापक अध्यक्ष, नेपाल संस्कृत विश्वविद्यालयको संस्थापक एवं भूमिदाता, बेलझुण्डी विश्वविद्यालयलाई जग्गा व्यवस्था सञ्चालक समितिको अध्यक्षको भूमिका पनि निर्वाह गरे ।

बगेश्वरी डाँगी बन्धु ट्रष्टको केन्द्रीय संस्थापक अध्यक्ष, बेलझुण्डी क्षेत्र विकास समितिको संस्थापक अध्यक्ष समेत रहेका डाँगीको निधनमा डाँगी बन्धु ट्रष्टद्वारा दुःख व्यक्त गरेको छ । ट्रष्टका अध्यक्ष चत्तुर्मान डाँगी र कोषाध्यक्ष मोतीलाल डाँगीले एक विज्ञप्ति जारी गरी डाँगीको निधनले ट्रष्ट मर्माहित भएको जनाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*