Home / Feature Breaking news / अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय भेला सम्पन्नः अध्यक्षमा चिरञ्जीवी ढकाल

अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय भेला सम्पन्नः अध्यक्षमा चिरञ्जीवी ढकाल

दाङ, १ चैत
विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी को केन्द्रीय अध्यक्षमा चिरन्जीवि ढकाल चयन भएका छन् । ४ दिनसम्म दाङको घोराहीमा भएको २१ औँ राष्ट्रिय सम्मेलनले ढकालको अध्यक्षमा ५९ सदस्य केन्द्रीय समिति चयन गरेको छ । सम्मेलनपछि विहीवार घोराहीमा पत्रकार सम्मेलन गरेर नयाँ नेतृत्वबारे अनेरास्ववियू क्रान्तिकारीले जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष ढकालले निजि शिक्षालाई निरुत्साहित गर्दै सरकारी शिक्षालाई पर्वद्धन गर्ने विषयमा नयाँ नेतृत्वले काम गर्ने बताए ।

अबको केही दिनमा संठगनको पहिलो बैठकवाट केन्द्रीय कार्यसमितिको पदाधिकारी चयन गर्दै समितिलाई पूर्णता दिने छ । ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनकालागि २१ औँ राष्टि¥य सम्मेलन’ भन्ने मूल नारासाथ भएको सम्मेलनमा देशभरबाट ३ सय ५० प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजिकरण केन्द्रिय सदस्य प्रकाश शाहीले गरेका थिए ।

सदस्यहरमा राजु दास, गणेश कार्की, सन्जय राई, नवराज नेपाल, पुष्प न्यौपाने, दुर्गा तामाङ, विकास थापा, विवेक राई, सविन श्रेष्ठ, मदन केसी, प्रलाद गौतम, मुकुन्द श्रेष्ठ, राजकुमार लामिछाने, दिनेश शारु, लक्षुराम विक, बद्री अधिकारी, अटल पाण्डे, प्रकाश अधिकारी, सुनिल बन्जाडे रहेका छन् ।

त्यसैगरि लोकेन्द्र बिष्ट, रमेश गैरे, रुपा बुढा, कुलराज पाण्डे, हेमन्त जिसी, पदम पोख्रेल, दिपक बिष्ट, आस तमु, सम्राट सापकोटा, मिलन राई, काजी गुरुङ, डम्बर विक, मदन चन्द, प्रेम शाही, भरत रावल, रत्न वड, प्रकाश विक, हर्क विक, झलक विक, विरेन्द्र विक, विरेन्द्र लुहार, प्रकाश जप्रेल, शंकर महरा, प्रकाश शाही, ललीत विक, कमल बडुवाल, नरेन्द्र विक, लोकेन्द्र सार्की, प्रज्वल शाही, विरेन्द्र शाही, भीम कठायत, प्रकाश चन्द, भवानी ओझा, प्रितिमा चौधरी, रुपा भट्राई, सन्तोषी भटराई, धनबहादुर नेपाली, तेजविक्रम वलीलगायतका सदस्यहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*