Home / Feature Breaking news / वडा अध्यक्षलाई कारवार्हीको माग गर्दै स्थानीयद्धारा प्रदर्शन

वडा अध्यक्षलाई कारवार्हीको माग गर्दै स्थानीयद्धारा प्रदर्शन

दाङ,२६ फागुन । कार्यालय सहयोगी कुट्ने वडा अध्यक्षलाई कारवार्हीको माग गर्दै स्थानीयले घोराहीमा प्रदर्शन गरेका छन । उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र घोराही उपमहानगरपालिका कार्यालयको गेटमा प्रदर्शन गर्दै कार्यालय सहयोगी कुट्ने घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीलाई कारावर्ही गर्न माग गरेका हुन ।

वडा अध्यक्ष भीमबहादुर सार्कीले आफ्नै वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी पतिराम चौधरीलाई गएको शुक्रवार गालीग्लोज गर्दै कुटपिट गरेका थिए । कार्यालय सहयोग कुट्ने वडा अध्यक्षलाई कारवार्ही गर्न प्रहरी तथा प्रशासनले चासो नदिएपछि वडावासीले सोमवार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र घोराही उपमहानगरपालिकालाई ध्याकर्षण गराएका हुन । उनीहरुले नारावाजी गर्दै कार्यालयमा डिउटीमा रहेका कर्मचारीलाई अभद्र व्यवहार गर्ने र हातहाल्ने कर्मचारीलाई कडाभन्दा कडा कारवार्ही गर्न माग गरेका हुन ।

प्रदर्शनपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै पीडित पतिराम चौधरीले आफुलाई कुट्ने वडा अध्यक्षलाई कडाभन्दा कडा कारवार्हीको माग गरेका थिए । बिना कारण पटक पटक गाली गर्ने र हात हाल्ने वडा अध्यक्षलाई कडा कारवार्ही हुनुपर्ने चौधरीले बताए । त्यस्तै स्थानीय खुशल शर्मा र संगीता खनालले कार्यालय सहयोगी कुट्ने र अपशव्द प्रयोग गर्ने वडा अध्यक्षलाई कारवार्ही गर्न माग गरेका थिए । उनले जनताको सेवाका लागि निर्वाचित वडा अध्यक्षलाई मर्यादित रुपमा कार्यालयमा बसेर काम गर्न समेत आग्रह गरेका थिए ।

यस्तो भयो सहमति
यसैविच कार्यालय सहयाोगी कुट्ने वडा अध्यक्ष भीमबहादुर सार्कीले माफि मागेका छन । जिल्ला प्रहरी कार्यालयमा भएको दुवै पक्षको छलफलमा वडा अध्यक्षले कार्यालय सहयोगीमाथि हातपात गर्नु गल्ती भएको भन्दै आगामी दिनमा यस्ता प्रकारका गल्ती नदोह¥याउने प्रतिवद्धता गरेपछि दुईपक्षका विचमा सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*