Home / Feature Breaking news / दुलही लिन आएका दुलाहा प्रहरी खोरमा !

दुलही लिन आएका दुलाहा प्रहरी खोरमा !

दाङ,२८ फागुन । दाङमा दुलही लिन आएका दुलाह प्रहरी खोरमा पुगेका छन । घोराही उपमहानगरपालिका वडा नं. १४ को ढोडेनीमा दुलही लिन आएका दुलाह बालविवाह गरेको आरोपमा प्रहरी खोरमा पुगेका हुन । घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ३० बर्षीय दुलाहा कृष्णबहादुर केसीलाई बालिकासँग विवाह गर्न थालेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले जग्गेबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमीत खड्काले जानकारी दिएका छन । १८ बर्षीया बालिकालाई विवाह गर्न थालेको सूचना पाएपछि प्रहरीले बुधवार उनलाई पक्राउ गरेको हो । प्रहरी नायव उपरिक्षक खड्का अनुसार दुलाहासँगै दुलहीका बुबा घोराही उपमहानगरपालिका वडा नं. १४ ढोडेनी ४७ बर्षीय बसन्त भण्डारीलाई समेत नियन्त्रणमा लिएर कारवार्हीको प्रक्रिया अघि बढाएको छ ।

पक्राउ परेका विरुद्ध मुलुुकी अपराध (संहिता) ऐन २०७४ को भाग २ को परिच्छेद–११ दफा १७३ को कसुरमा मुद्धा दर्ता गरेर कारवार्ही पक्राउ अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले केही महिना अघि पनि घोराही उपमहानगरपालिका वडा नं. १५ मा पनि हुन थालेको बालविवाह रोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*