Home / Feature Breaking news / बिरामी डायलासिसका लागि पालो कुर्न बाध्य

बिरामी डायलासिसका लागि पालो कुर्न बाध्य

शिवराज खनाल
देउखुरी, २८ असार । रुकुम घर भएकी कमला रोका एक महिनाअघि आफ्नो भाइको दुबै मृगौला फेल भएपछि उपचारको लागि काठमाडौँ पुगिन् । काठमाडौँमा भाइको उपचार गराउन उनको आर्थिक अवस्थाले भ्याएन र उनी दाङ फर्किइन् ।

दाङ आएपछि उनी भाइको उपचारका लागि लमहीमा रहेको सामुदायिक डायलासिस सेन्टरमा गइन् तर पालो पाउन सकिनन् । उनी अहिले पालो कुरेर देउखुरीमा रहेको सामुदायिक डायलासिस सेन्टरमा छिन् र छिटो उपचारको ब्यबस्था मिलाइदिन अनुरोध गरिरहेकी छिन् ।

उनी मात्र होइन् मृगौलाका बिरामीको संख्या बढेसँगै दाङ देउखुरीको लमहीको रहेको डायलासिस सेन्टरमा मृगौला डायलासिसको लागि आउने थुपै्र बिरामीहरु अहिले कमलाको जस्तै पालो कुर्न बाध्य छन् । डायलासिस सेन्टरमा बिरामीको चाप बढेपछि अहिले उपचारमा समस्या भएको लमही डायलासिस सेन्टरका कोषाध्यक्ष केशब घिमिरेले बताए ।

‘अहिले हामीसँग भएका सबै बेडहरु भरिभराउ छन्, दैनिक बिरामी थपिइरहेका छन्, अब कसरी सेवा दिनु ?’, घिमिरेले भने । ३ बर्षअघि रोटरी क्लब लमही र गौतम बुद्ध मुटुरोग अस्पतालको समन्वयमा लमहीमा पश्चिम क्षेत्रकै ठूलो डायलासिस सेन्टर खोलिएको थियो । डायलासिस सेन्टरबाट एक पटकमा १२ जना बिरामीलाई सेवा दिन सकिन्छ ।

मृगौलाको सामान्यदेखि दुबै मृगौला फेल भएका बिरामीलाई कम्तीमा एक पटकमा ४ देखि ८ घन्टासम्म डायलासिस गर्नुपर्ने भए पनि बिरामीको चाप बढेपछि सेवा प्रवाहमा समस्या भएको सेन्टरका चिकित्सकको भनाइ छ । हाल उक्त डायलासिस सेन्टरमा ७० जनाभन्दा धेरै बिरामीले नियमित डायलासिस गराउँदै आएका छन् ।

पछिल्लो समय यस सेन्टरमा बिरामीको चाप बढ्दै जाँदा स्थान अभावका कारण उपचारमा समस्या उत्पन्न भएको छ । जसका कारण बिरामीलाई सेवा प्रबाह गर्न असुविधा भएको भए पनि सम्बन्धित सरोकारवाला निकायले बेवास्ता गर्दा थप समस्या उत्पन्न भएको कोषाध्यक्ष घिमिरेले बताए । स्वास्थजस्तो संबेदनशील क्षेत्रमा सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*