Home / Feature Breaking news / दाङमा रेडपाण्डाको छाला र टल्कने ढुंगासहित दुई पक्राउ

दाङमा रेडपाण्डाको छाला र टल्कने ढुंगासहित दुई पक्राउ

दाङ,३० असार । दाङमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत जिल्लाको भेरीगंगा नपरपालिका– ८ निवासी ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका– ७ निवासी ४८ वर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट २ फिट १० इञ्चको रेडपाण्डको छाला र काइनेटिक (टल्कने ढुंगा) सानो ठुलो गरी ३२ वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार प्रहरी उनीहरुलाई बुधबार बिहान ८ बजेतिर घोराही उपमहानगरपालिका–१६ गरुवागाउँबाट पक्राउ गरेको थियो ।

प्रतिबन्धित रेडपाण्डाको छाला विक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका दुबै जनामाथि प्रहरीले प्रतिबन्धित बन्यजन्तु (रेडपाण्डा)को छाला ओसारपसार तथा बिक्रीबितरण सम्वन्धी मुद्धा दर्ता गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रिजालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*