Home / Feature Breaking news / गुरुकुल एकेडेमीले कक्षा १ र ११ मा मात्रै भर्ना लिने

गुरुकुल एकेडेमीले कक्षा १ र ११ मा मात्रै भर्ना लिने

 

दाङ । शैक्षिक गुणस्तरमा जोड दिदै आएको घोराही–१५ रतनपुर स्थित गुरुकुल एकेडेमीले कक्षा १ र ११ मा मात्र नयाँ भर्ना लिने भएको छ ।

शनिवार पत्रकार सम्मेनल गर्दै गुरुकुल एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा भर्ना लिने जानकारी दिएको छ । स्थापनाकालदेखि नै संख्यात्मक भन्दा शैक्षिक गुणस्तरमा जोड दिदै आएको विद्यालयले कक्षा १ मा २४ जना विद्यार्थी संख्या र कक्षा ११को विज्ञान र व्यवस्थापन संकायमा ८०/८० जना विद्यार्थी सिट संख्यामा नयाँ भर्ना खोलिने विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । विद्यालयमा सबै कक्षा सिट पुरा भइसकेकाले थप नयाँ भर्ना नलिने जनाएको हो ।

उनका अनुसार कक्षा दुई देखि ९ कक्षासम्मको हकमा भने २/२ जनाको सिट संख्यामा नयाँ भर्ना खोलिनेछ । विद्यालयमा कक्षा २ देखि ९ सम्मका सबै कक्षाका सिट खाली नभएकाले उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थीलाई मात्र नयाँ भर्ना दिने उनले बताए ।

‘धेरै विद्यार्थी भर्ना गरेर संख्या बढाउने भन्दा पनि गुणस्तरीय शिक्षा जोड दिनुपर्छ भन्ने सोचले नयाँ भर्ना रोकेका छौं’ उनले भने, ‘विद्यार्थीको संख्यात्मक वृद्ध भन्दा पनि शैक्षिक गुणस्तर बढाउन नयाँ भर्ना नगर्ने भएको छौं ।’

नेपाल पत्रकार महांघ दाङका अध्यक्ष दुर्गालाल केसीले विद्यालयहरुले विद्यार्थी संख्या बढाउने होडबाजी भन्दा शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताए । ‘धेरै विद्यालयहरु विद्यार्थी संख्या बढाउन तर्फ लागेको देखिन्छ’ उनले भने, ‘त्यसले गुणात्मक वृद्धि त होला तर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिदैन ।’ उनले विद्यालयले शैक्षिक क्षमता अनुसार नै विद्यार्थी भर्ना गरी शिक्षाको गुणस्तर बढाउन तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै उनले गुरुकुलले नयाँ भर्ना रोक्दै शिक्षाको गुणस्तरमा विृद्ध गर्न लागेको कुरा अन्य विद्यालयले पनि सिक्नु पर्ने बताए ।

विद्यायलका प्लस टु कोर्डिनेटर निमानन्द गैरेले यसले विद्यार्थी संख्या बढाउने प्रणालीको अन्त्य गर्दै शैक्षिक गुणस्तरमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनका क्रममा विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा एकको भर्नाको लागि फारम चैत १५ गतेदेखि खुला गरिने तथा प्रवेश परीक्षा वैशाख १० गते हुने जानकारी दिए ।

विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्लस टु कोर्डिनेटर निमानन्द गैरेले गरेका थिए भने कार्यक्रममको सहजीकरण शिक्षक विवेक देवकोटाले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*