Home / Feature Breaking news / साफ च्याम्पीयनसिप छनोटकालागि युवाहरुको सक्रियतामा यसरी हुदैछ भरतपुर खेल मैदान व्यवस्थापन (तस्वीरमा हेर्नुस्)

साफ च्याम्पीयनसिप छनोटकालागि युवाहरुको सक्रियतामा यसरी हुदैछ भरतपुर खेल मैदान व्यवस्थापन (तस्वीरमा हेर्नुस्)

दाङ, १८ कार्तिक
साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि दाङमा हुने राष्ट्रिय खेलाडी छनोट प्रतियोगिताकोलागि खेल मैदान मर्मत कार्य भईरहेको छ ।

घोराही उपमहानगरपालिका–१५ मा रहेको भरतपुर खेल मैदानलाई मर्मत गर्ने कार्य तिव्र रुपमा भईरहेको छ ।

23031669_1520267418064578_3995094923125805055_n

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र दाङ जिल्ला फुटबल संघको रोहवरमा हुने राष्ट्रिय च्याम्पीयनसीप पुरुष फुटबल प्रतियोगीता दङमा हुने निश्चीत भएसँगै घोराहीकालागि खेल मैदान मर्मत एवं व्यवस्थापन ती्र रुपमा भईरहेको छ ।

केही दिन अगाडी जिल्ला फुटबल संघका सदस्य बुद्धिराम पुनको संयोजकत्वमा गठन भएको मैदान व्यवस्थापन समितिले तीव्र रुपमा मर्मत गरिरहेको छ ।

23130839_1520267678064552_2251536375399213063_n

आज शनिवारदेखी द लोटस ट्रेनिङ सेन्टर, द ब्रेभ गोर्खा, स्यालुट गोर्खा ट्रेनिङ सेन्टर र किसान जागृत युवा क्लबका गरि ३ सय बढि युवाहरुले मैदान व्यवस्थापनको काममा खटिएको पुनले जानकारी दिनुभयो ।

23032330_1520267494731237_4720880239718762282_n

५ वटा विकास क्षेत्र र तीन बिभागीय टोली सहित ८ टिमको सहभागीतामा लिग चरणमा प्रतियोगीता हुने छ ।

खेल दाङको घोराही र तुलसीपुरमा हुने फुटबल संघ दाङका अध्यक्ष भुपेन्द्रविक्रम थापाले जानकारी दिनुभयो ।

23130620_1520267348064585_1632334164467532065_n

खेलको तयारी स्वरुप मैदान व्यवस्थापनको काम तीव्र गतिमा भईरहेको संघका जिल्ला महासचिव सुशील श्रेष्ठले जानकारी दिनुभयो ।

23231157_1520267208064599_7555148473103060504_n

मैदान वरिपरी छेकवार (नाला) गरेर मैदान सम्याउने काम र पानी सिचाई गरेर दुबो उमार्ने काम भईरहेको मैदान व्यवस्थापन समितिका सदस्य एवं फुटबल रेफ्री नरेन्द्र पुनले जानकारी दिनुभयो ।

23167759_1520266951397958_4612127327472063445_n 23231616_1520267564731230_3379383646502381564_n 23316834_1520266691397984_5417161195909780104_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*