घोराही, १७ कार्तिक
दाङ जिल्ला उद्योग वाणिज्य संघले आज घोराहमा कृयाशिल रहेका डेरी व्यवसायीहरुलाई संघठित गरि डेरी व्यवसायी समिति घोराही गठन गरेको छ ।
आज दाङ उद्योग बाणिज्य संघले एक औपचारीक कार्यक्रमको आयोजना गरि उक्त समिति गठन गरेको हो । संघका अध्यक्ष नारायण प्रसाद भुसालको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रमले इश्वरी घिमिरेको अध्यक्षमा १५ सदस्यीय डेरी व्यवसायी समिति गठन गरेको छ । जस्को उपमध्यक्ष गंगाधर भुसाल सचिव विमल पोख्रेल , कोषाध्यक्ष लोकराज पोख्रेल, सहसचिव सनम शर्मा , रहनुभएको छ ।
सदस्यहरुमा शक्ति पौडेल , ज्ञानेन्द्र रिजाल, कुल प्रसाद पौडेल, काशिराम पौडेल , वसन्त सुवेदी, गुरु प्रसाद सुवेदी , तुलसीराम भट्टराई , लालु पौडेल , सागर पोख्रेल , चोपनीधी आचार्य रहनुभएको छ ।
साथै कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एवं प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वञ्जाडे, संघका उद्योग उपाध्यक्ष एवं वस्तुगत समिति परिचालन समितीका संयोजक वसन्त जोशी, सचिव माया पोख्रेल तथा डेरी व्यवसायी समितिका नवनिर्वाचीत अध्यक्ष इश्वरी घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण उद्योग वाणिज्य संघका सदस्य राम प्रसाद पोख्रेलले गर्नु भएको थियो ।