Home / Feature Breaking news / महराले सम्झाउँदा पनि वलीले बागी उम्मेद्वारी फिर्ता लिन मानेनन्

महराले सम्झाउँदा पनि वलीले बागी उम्मेद्वारी फिर्ता लिन मानेनन्

नारायण खड्का
दाङ,  १८ कात्तिक

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य कुवेर वलीले नेता कृष्णबहादुर महरालगाएतका नेताले उम्मेद्वारी फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका छन् ।

पूर्व सांसद समेत रहेका वलीले दाङ निर्वाचन क्षेत्र नं. ३ (क) बाट पार्टीकै उम्मेदवार जगप्रशाद शर्मा (अपाका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन्।

नेकपा माओवादी दाङका संस्थापक नेता वलीले टिकट वितरण प्रकृया प्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्न महरा तुलसीपुर ६ स्थित उनकै निवासमा पुगेका थिए।

पार्टी अध्यक्ष प्रचण्डको सन्देशसहित पूर्व उपप्रधानमन्त्री महरा उनलाई घरमै गएर उम्मेदवारी फिर्ताको आग्रह गरेका थिए।

घरमा कुरा नमिलेपछि दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेता महरासहित जिल्लाका सम्पूर्ण पदाधिकारीले तुलसीपुरस्थित होटेल वस्टर्न प्यालेसमा शनिबार बिहान झन्डै ३ घन्टा बढी समय सम्झाउँदा पनि वलीले फिर्ता लिन अस्विकार गरेका थिए। ‘महराजी प्रचण्डको सन्देशसहित निर्वाचन पछिको आश्वासन देखाउन आउनुभएको थियो, तर मैले त्यो अस्वीकार गरिदिएँ,’ वलीले सेतोपाटीसँग भने, ‘तर मैले उहाँसँग जगप्रशाद शर्मा (अपार)को उम्मेदवार फिर्ता लिनुपर्ने माग राखेँ।’

यसअघि शुक्रबार नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा दाङ क्षेत्र नं. २ को (क) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार शंकर पोख्रेलले पनि उनकै घरमा गएर उम्मेद्वारी फिर्ता लि आग्रह गरेका थिए।

पार्टी भित्र इमान्दार र दुःख गरेका व्यक्तिलाई टिकट नदिएर आफन्तलाई टपक्क टिपेर उम्मेदवार बनाउनु गलत भएको भन्दै उनले त्यसैलाई चिर्न आफूले स्वतन्त्र उम्मेदवारी दिए बताए।

जगप्रशाद शर्मा (अपार) पूर्व गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)का नातेदार हुन्।

सेतोपाटि अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*