Home / समाचार / घोराहीमा प्रत्येक शनिबार ग्याँस ढुवानी नहुने

घोराहीमा प्रत्येक शनिबार ग्याँस ढुवानी नहुने

घोराही, १८ कार्तिक
दाङको घोराहीमा अबदेखि हप्ताको एक दिन ग्याँस पसल बन्द हुने भएका छन् । घोराहीमा रहेका ग्याँस व्यवसायी उपसमितिको आज भएको छलफलले यस्तो निर्णय गरेको हो ।

प्रत्येक हप्ताको शनिबार ढुवानी बन्द हुने तर व्यवसायी कहाँ उपभोक्ता स्वयम् लिन गएमा भने ग्याँस उपलब्ध गराईने समितिले जनाएको छ । शनिबार सटर बन्द गरिने र उपभोक्तालाई चाहिएको खण्डमा ढुवानी गर्न नसकिने समितिको भनाई छ । घोराही ग्याँस व्यवसायी उपसमितिले निर्णय कार्यान्वयनका लागि समितिमा आवद्ध सम्र्पुण व्यवसायीलाई आग्रह गरेको छ । निर्णय आगामी शनिबारदेखि लागुहुने व्यवसायीले बताएका छन् ।

यसैबिच ग्याँस व्यवसायी घोराही उपसमितिको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुनुभएको छ । ग्याँस व्यवसायीहरुले आज घोराहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा मुकेश गुप्ता, सचिवमा यादवबहादुर श्रेष्ठ, कोषाध्यक्षमा गोपालप्रसाद आचार्य रहनुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा मरिचमान वली, पदम श्रेष्ठ, श्याम सिजवाल,अभिवादन पोखरेल र रमेश भट्ट चयन हुनुभएको छ ।

घोराही ग्याँस व्यवसायी उपसमितिका निवर्तमान अध्यक्ष प्रकाश कार्कीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वणिज्य संघका महासचिव नरेश कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ग्याँस व्यवसायी उपसमितिका निवर्तमान कोषाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण यादवबहादुर श्रेष्ठ र पत्रकार जीत सागर जी.एमले गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*