Home / Feature Breaking news / दुई तिहाईप्रतिको वितृष्णा नै मेरो जित्ने आधारः डाँगी

दुई तिहाईप्रतिको वितृष्णा नै मेरो जित्ने आधारः डाँगी

स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते हुँदैछ । जस अन्तर्गत घोराही उपमहानगरपालका वडा नं। १६ मा वडाध्यक्ष पदका लागि हँुदैछ । निर्वाचनका लागि अहिले उम्मेदवारहरु जनताको घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त छन् । घोराही उपमहानगरपालिका वडा नं। १६ मा निर्वाचित अध्यक्ष लछिनप्रसाद बुढामगरको निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन थालेको हो ।

वडाध्यक्ष पदका लागि दुई स्वतन्त्र उम्मेदवारसँगै अहिले ७ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । उक्त निर्वाचनमा नेपाली कांग्रेसले युवा उम्मेदवारका रुपमा ताराबहादुर डाँगीलाई उपनिर्वाचनका लागि वडाध्यक्षमा उठाएको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसबाट वडा नं। १६ मा वडाध्यक्षका उम्मेदवार ताराबहादुर डाँगीसँग चुनावी सन्दर्भमा गरिएको कुराकानींं….

निर्वाचनको माहेलमा होमिनुभएको छ, कस्तो माहोल देख्नु भएको छ ?

हामी निर्वाचनको नजिक–नजिक पुग्दैछौँ । त्यसैले अहिले चुनावी प्रचार–प्रसार तथा जनतासँग भेटघाटका लागि घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छौँ । जनताको घरदैलोमा पुग्दा जनताहरु हामीप्रति उत्साहित भएको पाएका छौं । जनले नेपाली कांग्रेसको खोजी गरेको हामीले पाएका छौ । कम्युनिष्ट सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनताहरु निराश देखिने गरेका छन् । जनताको चाहनाअनुसार काम हुन सकेको छैन । जनतालाई भाषणभन्दा कामको आवश्यकता छ । तर अहिले निर्वाचित जनप्रतिनिधिहरु कामभन्दा कुरा धेरै गरिरहेका छन् । त्यसैले जनता खुसी हुन सकेका छैनन् ।

विकास दृष्टिकोणले जनताहरु कम्युनिष्टभन्दा कांग्रेसको पक्षमा छन् । कांग्रेसबाट देशको विकास गर्न सकिन्छ भन्ने जनविश्वास रहेको छ । त्यसैले होला अहिले जनताहरु कांग्रेसको पक्षमा देखिनु भएको हो । चुनावी प्रचार–प्रसारमा जुट्नु भएको छ । गत निर्वाचनमा कम्युनिष्टहरुलाई मतदान गरेका जनता समेत अहिले कांग्रेसको पक्षमा आउनु भएको छ । उहाँहरुको घरदैलोमा जाँदा यस्तै प्रतिक्रिया दिने गर्नु भएको छ । मलाई लाग्छ यो निर्वाचन कांग्रेसले जित्दै छ । त्यसैले पनि होला अहिले कांग्रेसमा प्रवेश गर्नेहरुको लहर छ । धेरै युवा जनशक्ति कांग्रेसमा प्रवेश समेत गर्नु भएको छ ।

निर्वाचनमा वडाध्यक्षको उम्मेदवार भइरहँदा तपाईले अघि सारेका विकासका एजेण्डाहरु के–के हुन ?

मैले समग्रमा भन्नु पर्दा वडाको समग्र विकास गरी वडालाई समृद्ध बनाउने हो । घोराही उपमहानगरपालिका वडा नं। १६ लाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने नै मेरो मुख्य प्राथमिकता हो । घोराही १६ बजारको नजिकै रहे पनि सडक सञ्जाल कच्ची हँुदा विकास हुन सकेको छैन । यस कृषिको धेरै सम्भावना रहेको छ । तर त्यसका लागि सिचाईको व्यवस्था हुन आवश्यक रहेको छ । अहिले सिचाईको सुविधा नहुँदा कृषिको विकास हुन सकेको छैन । पशुपालनको लागि समेत सम्भावना छ । त्यसका लागि पनि सिचाईकै आवश्यकता छ ।

त्यस्तै अर्को काम भनेको सडक विस्तार, विद्युतको विस्तार हो । जनताको चाहना सडक कालोपत्रे गर्ने रहेको छ । त्यसका लागि मेरो ध्यान हुने छ । त्यस्तै वडा नं। १६ मा रहेको शिक्षाको विकासका लागि सामुदायिक विद्यालयहरुको शिक्षालाई गुणस्तरीय बनाउनेदेखि वडावासीलाई वडामै निःशुल्क आधारभूत स्वास्थ्य पु¥याउने मेरा एजेण्डाहरु हुन् । सहज स्वास्थ्य सेवा पु¥याउन आवश्यक रहेको छ । यी कामहरु हुन सकेका छैनन् । म वडाध्यक्षमा निर्वाचित भएपछि यी काम पूरा गर्न ध्यान दिने छु ।

वडाध्यक्षका लागि यो निर्वाचन अहिले तपाईजस्तै ७ जना प्रतिष्प्रर्धीहरु हुनुहुन्छ रु सात जनाहरुमध्ये मतदाताले तपाईलाई नै किन भोट दिने ?

हो, अहिले वडाध्यक्षको प्रतिस्प्रर्धामा ७ जना उम्मेदवारहरु रहेका छन् । त्यसमा म पनि एउटा हुँ । उम्मेदवार मात्र धेरै भएर हुँदैन । विचारको आवश्यकता पर्छ । म नेपाली कांग्रेस पार्टीको उम्मेदवार हो । मैले जनताको पक्षमा विगतदेखि नै काम गर्दै आएको छु । मेरो वडामा ३८ वटा टोलहरु रहेका छन् । म सबै टोलहरुमा पुगेको छु, कुन वडामा के समस्या रहेको छ बुझेको छु । त्यसैले मलाई त्यी ठाउँहरुमा विकास गर्न सक्छु भन्ने विश्वास रहेको छ ।

विगतमा जनताहरुको साथमा रहेको जनतालाई दु।ख, पिर मर्का पर्दा काम गरेकाले जनताले मलाई विश्वास गर्नुहुनेछ भन्ने आशा छ । मैले कुनै पनि आर्थिक लाभ लिएर काम गर्ने छैन । वडाको विकास र जनताको जीवनस्तरमा सुधार ल्याउने मेरो काम हुने छ । मैले वडावासीलाई परिआएको समयमा अहिले निर्वाचनमा मात्र होइन मैले विगत लामो समयदेखि गाउँको विकास र सामाजिक कार्यमा समेत योगदान पु¥याउँदै आएको छु । मेरो योगदानलाई वडावासीले मूल्याङ्कन गरिराख्नु भएको छ त्यसैले यस पटको निर्वाचनमा विजयी बनाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।

विगतको स्थानीय तहको परिणाम हेर्दा कांग्रेस कमजोर छ, त्यसमा पनि अहिले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी भैसक्दा उनीहरुको बहुमत धेरै देखिन्छ, यस्तो अवस्थामा तपाई चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

हो, विगतको स्थानीय तहको निर्वाचनमा कांग्रेस पराजित भयो तर कांग्रेस कमजोर भने भएको होइन । नतिजाका हिसावले कांग्रेसले हारे पनि कांग्रेस सधै जनताको साथमा रहँदै आएको पार्टी हो । हिजो पनि जनताकै साथमा थियो, आज पनि छ र भोलि पनि हुनेछ ।

जहाँसम्म तत्कालीन एमाले र माओवादी एक भएपछि ठूलो पार्टी भएको थियो । तर त्यो अहिले छैन । उहाँहरुको पार्टीमा असन्तुष्टि छ । त्यो असन्तुष्टिको मत कांग्रेसले प्राप्त गर्नेछ । अर्को कुरा जनताले चिर्वाचनका क्रममा उम्मेदवार बन्नेलाई होइन सधै जनताको पक्षमा काम गर्ने व्यक्तिलाई वडाध्यक्षमा निर्वाचित गराउनु हुनेछ । अहिले कांग्रेसका पक्षमा देखिएको जनलहरले कांग्रेस कमजोर देखाएको छैन । त्यसैले नेपाली कांग्रेसको उम्मेदारलाई वडा अध्यक्षमा विजयी बनाउनु हुनेछ ।

निर्वाचनमा जनताको घरदैलोमा पुगिरहँदा जनताबाट तपाईले कस्तो अपेक्षा पाउनु भएको छ ?

निर्वाचनका क्रममा जनताको घरदैलोमा पुगिरहँदा सकारात्मक प्रतिक्रिया पाइरहेको छु । जनताको घरदैलोमा पुगेर जनताका कुराहरु बुझ्न पाएको छु, विजयीको शुभकामना दिनुभएको छ । जनताले आफ्नो टोलमा भएको समस्याहरु बाटो, खानेपानी, सिचाई, विद्युतलगायतका समस्याहरु राख्नुभएको छ । त्यसैगरेर वडा सरकारबाट जनताको अपेक्षाअनुसार काम हुन नसकेको गुनासो समेत गर्नु भएको छ । वडाले वडावासीहरुलाई विभेद गर्ने गरेको समेत बताउनुभएको छ । दुई तिहाईको सरकारले करको अत्याधिक वृद्धि गरेको बताउने गर्नु भएको छ ।

भेटघाटका क्रममा हिजो कांग्रेसलाई भोट नदिँदा अहिले देशलाई परेको संकटको बारेमा चिन्तासमेत व्यक्त गर्नु भएको छ । हिजोको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई अन्तर्घात गर्दा आफूले भोग्नुपरेको समस्यासँग चिन्तित हुनुहुन्छ । त्यसैले गर्दा पनि यो निर्वाचनका कांग्रेसलाई बिजयी बनाउन युवा, महिला, वृद्धसम्म सबै लाग्नु भएको छ । यसले कांग्रेसलाई संगठित र एकजुट बनाउन समेत सहयोग पु¥याएको छ । यो कांग्रेसलाई बिजयी बनाउन सबैले ध्यान दिनु हुनेछ ।

तपाईलाई कांग्रेस कमजोर भएको वडाको बलियो उम्मेदवार भनिन्छ नि यसलाई कसरी लिनुभएको छ ?
पहिले यस वडामा नेपाली कांग्रेस कुनै समयमा कमजोर रहेको थियो । तर अहिले त्यो छैन । नेपाली कांग्रेसप्रति जनलहर रहेको छ । दुई तिहाईको सरकारले जनताप्रति दुव्र्यवहार गरेपछि उनीहरुप्रति जनतामा असन्तुष्टिसमेत रहेको छ । जनताले जनताको पक्षामा काम गर्नेलाइ विजयी बनाउनु हुनेछ । मेरो परिवार पहिलेदेखि नै यसै क्षेत्रमा बसेर जनताको सेवामा लागिरहेको छ । म यसै वडामा लामो समयदेखि जनताका हरेक सुख–दुखमा साथ दिने गरेकाले पनि यस क्षेत्रका जनताले मलाई सहयोग गर्नुहुने छ ।

अन्त्यमा आम मतदातालाई के भन्न चाहुहुन्छ ?

म निर्वाचित भएपछि सबैको चाहना अनुसार अगाडि बढ्ने छु । सबैको सुझाव सल्लाहअनुसार अगाडि बढ्ने छु । मबाट कुनै पनि वडावासी लाई कुनै प्रकारको भेदभाव भएको महसुस पनि हुने पनि छैन । अहिलेको निर्वाचनमा नेपाली कांग्रेसको निर्वाचन चिन्ह रुख चिन्हमा मतदान गरेर विजयी गराउनु हुनेछ भनेर अपेक्षा लिएको छु । अन्त्यमा धेरै धेरै धन्यवाद छ तपाई र अनलाईन परिवारलाई । मेरो र नेपाली कांग्रेस पार्टीको विचार पत्रिकामार्फत आफ्नो विचार आम दंगाली जनता, मतदाताहरुसमक्ष राख्न दिनुभएकोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*