Home / Feature Breaking news / २२ स्थानीय तहको अन्तिम परिणाम : कुन दलले कति जिते ?

२२ स्थानीय तहको अन्तिम परिणाम : कुन दलले कति जिते ?

यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २२ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

हालसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी नौ स्थानीय तहमा प्रमुख पदमा जित हासिल गरेको छ । नेपाली कांग्रेसले सात स्थानीय तह जितेको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले तीनस्थानीय तह जित्दा नेकपा (एकीकृत समाजवादी) दुई स्थानीय तहमा विजयी भएको छ ।

प्रमुख/अध्यक्ष पदतर्फ एमाले उमेदवार मनाङको चामे गाउँपालिका र ङिस्याङ गाउँपालिका, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र लोमन्थाङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, बझाङको साइपल गाउँपालिका, थलरा गाउँपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकामा पनि एमाले उमेदवार निर्वाचित भएका छन् ।

प्रमुख/अध्यक्षतर्फ कांग्रेसका उमेदवार मनाङको नार्पाभूमि गाउँपालिका र नासों गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिकामा विजयी भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका, गुल्मीको रेसुंगा नगरपालिका, डोटीको बडीकेदार गाउँपालिका र गुल्मीको गुल्मी दरबार गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिकामा विजयी भएका छन् ।

प्रमुख/अध्यक्षतर्फ माओवादी केन्द्रका उमेदवार डोल्पाको जगदुल्ला गाउँपालिका, दैलेखको नौमुले गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिकामा विजयी भएका छन् ।

यस्तै, प्रमुख/अध्यक्षतर्फ एकीकृत समाजवादीका उमेदवार डोल्पाको छार्काताङसोङ गाउँपालिका र काइके गाउँपालिकामा विजयी भएका छन् । यी दुई पालिकामा एकीकृत समाजवादीका उमेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*