Home / समाचार / बंगलाचुली–७ गठबन्धनका उम्मेदवार बिजयी

बंगलाचुली–७ गठबन्धनका उम्मेदवार बिजयी

हिमाल महरा
बंगलाचुली,१ जेठ । बंगलाचुली गाँउपालिका वडा नं. ७ मा गठबन्धनका वडाअध्यक्ष पदका उम्मेदवार गिरबहादुर थापा बिजयी भएका छन् । थापाले ६८० मत ल्यायर बिजयी भएका हुन । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खोपिराम थापा ६६५ मत मात्रै ल्याएका हुन ।

त्यसैगरी मुख्य निर्वाचन अधिकृत हिरण्डप्रसाद भण्डारीका अनुसार गठबन्धनका महिला सदस्य उम्मेदवार मुगादेबी राना ६८०, दलित महिला सदस्य गठबन्धनका महिला सदस्य उम्मेदवार सुनिता ताम्राकार ६७९, खुल्ला सदस्यमा एमालेका उम्मेदवारहरु खडक बहादुर महरा ६६२, खुल्ला सदस्य हेमराज पुन ६६२ मत लियर बिजयी भएका हुन ।

अध्यक्षमा गठबन्धका उम्मेदवार तुलसीराम पुन सुवासले ६५७ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भेषराज खत्री ६६८ र उपाध्यक्षमा गठबन्धका उम्मेदवार भक्तबहादुर जिसीले ५९६ निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सरस्वती घर्ती मगर ६३४ मत प्राप्त गरेकी छिन । अहिले बंगलाचुली ४ र ५ नम्वर वडा को मतगणना जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*