Home / खेलकुद / मार्सेलो रियल मड्रिड छाडेर ‘रोनाल्डोसँग एक हुन’ युभेन्टस जाने पक्का

मार्सेलो रियल मड्रिड छाडेर ‘रोनाल्डोसँग एक हुन’ युभेन्टस जाने पक्का

एजेन्सी, ९ माघ । स्पेनिस रियल मड्रिडका लेफ्ट ब्याक मार्सेलोले यो सिजनको अन्त्यसँगै रियल मड्रिड छाड्ने भएका छन् । स्पेनिस मिडियामा आएका रिपोर्टअनुसार मोर्सेलो आफ्ना पूर्वसहकर्मी तथा खास मित्र क्रिस्टियानो रोनाल्डोसँग खेल्न इटालियन क्लब युभेन्टस जाने भएका हुन् ।

क्लब रियलले आफ्ना ब्राजिलियन खेलाडीको सम्भावित सरुवालाई ध्यानमा राख्दै मार्सेलोको स्थानमा भित्र्याउने खेलाडीको खोजीसमेत गर्न थालेको छ । त्यसका लागि उसले ला लिगा क्लब रियल बेटिसका लेफ्ट ब्याक जुनियर फिर्पोलाई मार्सेलोको ठाउँमा भित्र्याउने तयारीसमेत थालेको छ ।

स्पेनको समाचार स्रोत उद्धृत गर्दै इटालीको पत्रिका ‘टुटो स्पोर्टस्’ले पनि युभेन्टस मार्सेलो भित्र्याउन लागि परेको जनाएको छ । रोनाल्डोको योजनाअनुसार युभेन्टसले मार्सेलोलाई भित्र्याउन चाहेको छ ।

खबरअनुसार रियलका अध्यक्ष फ्लोरेन्टो पेरेजले पनि मार्सेलोेको युभेन्टस सरुवाका लागि बाटो खोलिदिन तयार देखिन्छन् । उनले मार्सेलोको स्थानमा नयाँ खेलाडी भित्र्याउने तयारी थालेर यसको जनाउ दिएका हुन् ।

रियलमा छँदा रोनाल्डो र मार्सेलो नजिकका साथी थिए । मैदानबाहिर उनीहरूको सम्बन्ध जति सुमधुर थियो, मैदानमा पनि उत्तिकै उत्कृष्ट तालमेल थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*