Home / Feature Breaking news / पाँच नम्बरमा राष्ट्रिय सभाः एमाले ४ कांग्रेस २ माओवादी २

पाँच नम्बरमा राष्ट्रिय सभाः एमाले ४ कांग्रेस २ माओवादी २

दाङ, २४ माघ
पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा नतिजा सार्वजनिक भएको छ । जसमा एमालेका ४, कांग्रेसका २ र माओवादी केन्द्रका २ जना विजयी भएका छन् ।
जसमा खुला तर्फ एमालेका खिमलाल भट्टराई(३००६), कांग्रेसका दुर्गाप्रसाद उपाध्याय (२४१८) र माओवादी केन्द्रका चन्द्रबहादुर खड्का(२२८०) विजयी भएका छन् । जनमोर्चाका रश्मीराज नेपाली(१३८) पराजीत भएका छन् । खुलातर्फ एकल सक्रमणीय प्रणालीतर्फ जित्नकालागि १९६८ मत आवश्यक भएपनि पहिलो चरणमा मत पुगेपछि मत सक्रमणीयमा गएन ।
दलित दस्यतर्फ एमालेका रामलखन चमार(५५०८) र अपांग तथा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका राजकुमार कुवर(५३४०) विजयी भएका छन् । दलिततर्फ कांग्रेसका मैकुलाल बाल्मीकी(२३७०) र अपांग तथा अल्पसंख्यकतर्फ लुटबहादुर खत्री(२५२०) पराजीत भएका छन् ।
यसअघि महिलातर्फ कांग्रेसका अनिता देवकोटा, एमालेका कोमल वली र मिना बुढा निर्विरोध निवाचीत भएका छन् ।
३ सय ५ मतमध्य ३ सय ३ मत खसेकोमा ११ मत बदर भएको निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । विजयीहरुलाई विहीवार विहान ८ बजे औपचारिक कार्यक्रमकावीच प्रमाणपत्र प्रदान गरिने रावलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*