Home / Feature Breaking news / मनको झेजोपना र आफ्नाको चिन्ता

मनको झेजोपना र आफ्नाको चिन्ता

विनोद पोख्रेल

२०७७ भदौ १० गते
हाम्रो समाजको संरचना पनि गजवको छ । अलि साह्रै अत्यास वा मिच्छाट लाग्यो भने श्रीमतीहरु माइत भनेर केही दिन बस्नलाई जाने गर्थे तर श्रीमानहरु यस्तो अत्यासबाट बच्न वा फ्रेस हुन जाने ठाउँ कहीँ हुँदैन । कतै गयो बढीमा एक रात बस्यो अनि फेरि घरमै हो । अलि टाढा गए एक हप्ता भनौा । त्यो पनि बढीमा, नत्र बसाइ, खाएको छ आफैलाई लाज लाग्ने । हुन त अब पहिलेको जस्तो छैन ।

धेरै परिवर्तनहरु भइसकेका छन् । महिलाहरु पनि बाहिर काम गर्न थालेपछि उनीहरुलाई घरबाट बिदा मिलेर हुँदैन । आफ्नो काम (पेशा)बाट पनि बिदा मिल्नुपर्छ । छोरा र छोरीको पढाइका लागि समय दिनुपर्छ । यो सबैभन्दा महत्वपूर्ण कुरो साय अब संयुक्त परिवारको अवधारणा नै छैन । औपचारिक रुपमा न छुट्टिए पनि कामकै लाग अलग अलग बस्ने चलन बनिसकेको छ । हाम्रो परिवारको कुरा गर्ने हो भने पनि एउटा छोराको परिवार लमहीमा छ । त्यहीँ काम गर्छन् र त्यहीँ बस्छन् ।

कान्छोको परिवार काठमाडौंमा छ । त्यही काम गर्छन् र बस्छन् । माहिलोको परिवार घरमै छ । उनीहरु दुवैले काम गर्छन् र बस्छन् । फेरि सञ्चार क्षेत्र यस्तो क्षेत्र हो जहाँ जतिबेला पनि अपडेट हुनुपर्छ । जनशक्ति नै धेरै चाहिन्छ । आफ्नो सञ्चार माध्यम भएपछि धेरै कुराको व्यवस्थापन मिलाउन सक्नुपर्छ । त्यसकारण फुर्सद हुँदैन । अनि माइत कम जाने वातावरण बन्छ । त्यसबाहेक अलि परिपक्व भए विहे गरेपछि एकअर्कासँग छुट्टिन पनि त्यत्ति मन पर्दैन कि । त्यस कारण पनि अलग बस्न मन नपराउने पनि हुनसक्छ ।

उमेर पुगेपछि त माइतमा बाबुआमा नहुने हो भने त्यो बसाइँ एकदमै छोटो पनि हुने गर्छ । त्यो पनि माइतीले बोलाउनुपर्ने पनि हुनसक्छ । म आफ्नो भावनाबाट अलिकति अन्त गएँ । सायद समाजको वर्तमान अवस्थालाई बुझ्न बुझाउनतर्फ लागौँ । मेरो मनमा भएको कुरो त एक त त्यसै एकोहोरो भएर अत्ताएको जीवन त्यसमा पनि वर्तमान महामारीबाट बच्न अरुसँग सम्पर्क नगर्ने नै भरपर्दो उपाय हो भनेर घोकाएको बेला केही साथीभाइहरुसँग बसेर दिन बिताउने दैनिकीमा समेत असर परेको छ ।

जीवन नै निरस र एकांकी जसतो पनि लाग्छ तर पनि जीवन चलेकै छ । दिनहरु बितेकै छन् । म आत्तिएर या पाट्टिएर केही हुँदैन । मेरो आफ्नो सोच छ । आफ्नो गति छ । समयको आफ्नो गति छ । समयको गति प्रभावशील छ । उसको कसैलाई पर्खने होइन । म जबर्जस्ती उसँग हिड्न वाध्य छु । यो हिडाइमा समय र परिवेश अनुसार सहभागी भएर साथ दिनेहरु भए । सजिलो लाग्छ । रमाइलो लाग्छ तर मान्छेले मान्छेसँग सम्पर्क गर्नु हुँदैन भने पछि कसले कसलााई कसरी साथ दिनसक्छ ? यस्तो परिवेश बनेको छ कि म आफू न आत्तिए पनि वा नडराए पनि अरुको मेरो व्यवहार स्वीकार नगर्ने हुन् कि भनेर समेत सतर्क हुनुपर्ने भएको छ ।

हाम्रो संस्कार भनेको पूरै नुहाएर चोखो कपडा (सफा) फेरेर मात्रै खाना खाने हो । त्यो पनि विशेष ठाउँमा मात्रै । कतिका त खाना खानेबेला मात्रै प्रयोग गर्ने अलग कपडा समेत हुन्थे । त्यो स.स्कारलाई हामीले पुरातनपन्थी भन्यौ र आधुनिकताको नाममा टेबुलमा बसेर ननुहाएर कपडा नफेरेर आफ्नो विरानोको समेत वास्ता नगरेर सँगै खाना खानमा बहादुरी र वैज्ञानिकता सम्झ्यौँ । अहिले यो महामारीले शुद्धताको लागि हो कि स्वच्छताको लागि हो रक्सी मिसाएको तरल पदार्थले हात मात्रै धोए पनि संस्कार सिकाउँदैछ ।

यसको परिवणाम के हुने हो केही समयपछि देखिएला तर हाम्रो संस्कारमा सरसफाईको महत्व कति थियो भन्ने प्रमाणितसम्म भएको छ । तर पनि हामी हाम्रा सरसफाईमा आधारित संस्कारलार्य स्वीकार्ने पक्षमा भए जस्तो लाग्दैन । हाम्रो आफ्नो सोच नै छैन । अल्कोहलले हात धुन भने हामीले धुँदैछौँ र आफूलाई बढी सचेत सम्झेर मख्ख पर्दैछौँ ।

२०७७ भदौ १२ गते

हिजो बजार गएँ । यसो त पछिल्लो समयमा हप्तामा एक वा दुई दिन जाने गरेको छु । अब के हुन्छ थाहा छैन । यहाँ फेरि लकडाउनको चर्चा छ । त्यस्तो केही भए जाने कुरो हुँदैन । नत्र सबैलाई नियमित नहुने अनुरोध गर्छु र आmू पनि अनियमित रुपमै जाने गरेको छु । जुन दिन त्यहाँ जान्छु केही न केही रमाइलो अनुभव गर्छु ।

हिजोको दिन पनि तनावरहित बित्यो तर साँझ पर्दै गएपछि अलि नमिठो र अप्ठेरो अनुभव भयो । साँझपख कर्जाही नारायण एकाएक बितेको खबर सुनेँ । उनी देख्दा स्वस्थ नै लाग्थे । मर्नलाई न त कोरोना जस्ता महामारी नै चाहिन्छ न ट विरामी नै हुनुपर्ने रहेछ जस्तो लाग्यो । अहिलेसम्मको सुनाइमा हृदयघात भन्ने थाहा पाएको छु । यस्तै भाग्य, तकदिर लेखोटजस्ता कुराको पुष्टि गर्छ कि । केहीबेर पछि गणेशजीले फोन गर्नु भयो ।

मैले गर्न सकेको थिएन । आफैले फोन गरेर एउटा अर्को भाइ गुमाएको र आफू भाइकै छोराबुहारीसँग दाङ फर्कन लागेको कुरा भन्नुभयो । मेरो अनुभूतिमा भन्ने हो भने मानिसलाई आफूभन्दा पाको उमेरको व्यक्ति मरेकोभन्दा आफूभन्दा सानो उमेरको व्यक्ति मरेकोमा अलि बढी पीडा हुन्छ । उहाँको आफ्नै भाइ, एउटा भाइ, श्रीमती र एउटा छोरा छोडेर अलि पहिले नै बितेका थिए । त्यो पनि याद भयो होला । म उहाँको भावनाको विश्लेषण गरेर उहाँप्रति बढी संवेदनशील भएँ । हुन त भोग्नुपर्ने सहनुपर्ने र सबैले समवेदना दिनुपर्ने नारायणको परिवारलाई हो ।

मेल्े पनि दिन्छु तर गणेशजीसँगको अलि धेरै आत्मीय सम्बन्धले हुनसक्छ अथवा त्यो फोनले पनि बढी हुनसक्छ मेरो ध्यान उहाँप्रति पनि उत्तिकै नै गयो । अरु भनौँ डायरीमा समेत उहाँ नै आउनुभयो । म सामान्यतया १० बजेतिर सुत्ने गर्छु । हिजोको कुरा गर्दा श्रीमतीले छाती अलि गह्रौँ भएको अनुभव गरेको भनेकी थिइन् । तर म सुतिसकेपछि ननिदाउँदै उनले धौ भएको पनि भनिन् र अप्ठेरोसँग खोकिन् । उनको सुविधाको लागि पनि चिन्ता लाग्नु स्वाभाविक थियो र त्यसमा पनि आजभोलि महामारीको प्रकोपको बेला । के–के सोचे मन अलि आत्तियो । घरमा छोरा भए यस्तै बेला सुविधा हुन्छ ।

विपुललाई खोकीको औषधी लिन पठाएँ । मैले पानी तताएर कागतीपानी र मह मिसाएर खान दिएँ । एकछिनपछि खोकी औषधी पनि खान दिएँ । मेरो व्यवहारले छोरो र नातिहरु पनि अलि आत्तिए । मैले कतै गल्ती गरेँ कि जस्तो पनि लाग्यो । अरु गल्ती ते भयो र सबैलाई अलि आत्तिने गराएँ कि ? औषधी खाएपछि श्रीमती निदाइन् । खोकी लागेन तर मलाई अलि अप्ठेरो लागिरह्यो । परिणाम स्वरुप निद्रा केही ढिलो पनि लाग्यो र चाँडो पनि खुल्यो ।

त्यसको असर अहिले पनि अनुभव गरिरहेको छु । यस्तो भयो भने कतै दुवैजना बिरामी हुने स्थिति त आउँदैन भन्ने लागेर आफैप्रति हाँसो पनि लागेको छ । त्यसबाहेक बाबुआमालाई घरमा एक्लो छाडेर आफू अन्यत्र बस्ने छोराछोरी खास गरेर छोराहरु र तिनका बाबुआमाको स्थिति सोचेर मलााई छोरा घरमै थियो । औषधी ल्याउने चिन्ता भएन । यदि त्यो नभएको भए दुःख छुट्टै हुन्थ्यो । एउटा नकारात्मक सोच छुट्टै हुन्थ्यो ।

यस्तो भयो भने मनमा धेरै कुरा आउनु स्वाभाविक हो । यस्तै कुराले पनि निदमा बाधा पार्छन् । बिहान श्रीमती उठेरसामान्य रुपमा सधैँको जस्तो काममा लागेकी छन् । थोरै मात्रै काँसो सुनेँ । त्यसतो समस्या केही नभएको जस्तो लागेको छ । यसले अहिले केही सन्तोष दिएको छ तर अनिदोपनको असर भने छैन ।

त्यसैको परिणाम हो आज अन्य विषय मनमा आउन मानेन । आफूले हारेको कुरा लेख्नुभन्दा समाजकै विषय लेख्न मन लाग्छ तर इमानदारीको रुपमा यी कुराहरु पनि प्रशस्त आउँछन् । कति त दोहोरिएर पनि आउँछन् । यसलााई पनि मैले जीवनको स्वाभाविकता नै मानेर स्वीकार गरेको छु । लेख्ने त मनमा जे छ त्यही नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*