Home / समाचार / नगर स्तरिय लागु औषध नियन्त्रण समिति गठन

नगर स्तरिय लागु औषध नियन्त्रण समिति गठन

घोराही, २५ माघ
घोराही क्षेत्रमा लागु औषध नियन्त्रण कार्ययोजना सिदा कारवाही अभियान प्रभावकारी बनाउनकालागि घोराही नगर स्तरिय लागु औषध नियन्त्रण समिति गठन गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीको अगुवाईमा भएको भेलाले समिति गठन गरेको हो ।

भेलाले वडा प्रहरी कार्यालय घोराहीका प्रहरी नावय निरिक्षक मोहनलाल वली संयोजक रहेको समिति गठन गरेको छ । जसको सदस्यमा रमेशकुमार पाण्डेय, शक्तीराम डाँगी, रविलाल घर्ति, विष्णु पुन, आर.के.शीतल, विशाल घर्ति, शेरजंग विक लगायतका रहनुभएको छ । साथै यस समितिमा शिक्षा कार्यालय, जनस्वास्थ्य कार्यालय, आमा समूहबाट सदस्य थप गरिने भएको छ ।

साथै समितिले यही माघ २७ गते विहान ८ बजेदेखी न्यू सिर्जनशील टोल नयाँ बजारमा लागु औषध विरुद्ध सचेतनमूलक कार्यक्रम गर्ने वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

यस्तै फाल्गुन ३ गतेदेखी दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा हुने महोत्सवमा सामुदायीक प्रहरी सेवा केन्द्रसँगको समन्वयमा लागु औषध विरुद्धको सचेतनामूलक पर्चापप्लेट वितरण गर्ने पनि समितिले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*