Home / Feature Breaking news / महिला सामुदायिकको ३० औं स्थापना दिवश : जयशेर माविका ३ सय बढी छात्रालाई सेनेटर प्याड वितरण

महिला सामुदायिकको ३० औं स्थापना दिवश : जयशेर माविका ३ सय बढी छात्रालाई सेनेटर प्याड वितरण

घोराही, ४ भदौ

नेपाल महिला सामुदायिक सेवा केन्द्रको ३० औ स्थापना दिवशको अवसरमा छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको जयशेर मावि रावतगाँउका तीन सय बढि छात्राहरुलाई सोमवार सेनेटरी प्याड वितरण गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उप–प्रमुख हुमा डि.सीको प्रमुख आतिथ्य र विद्यालयका सहायक प्रधानाध्यापक दिपेन्द्र पुनको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको थियो ।

 

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख डिसीले संस्थाले बार्षिक उत्सवको अवसरमा सामाजिक कामहरु गरेको धन्यवाद ज्ञापन गर्दै यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

संस्थाले स्थानीय उद्योग स्थापना गरि सोही उद्योगबाट उत्पादन गरेको सेनेटरी प्याड निशुल्क रुपमा वितरण गरेकोमा खुसी व्यक्त गर्दै उहाँले छात्रा एवं शिक्षिकाहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड प्रयोग पश्चात सल्लाह सुझाव दिन अनुरोध पनि गर्नुभयो ।

उहाँले स्थानीय सरकारले विद्यालयमा सेनेटरी प्याड वितरण गर्दै आएको बताउदै यस विषयमा विद्यालय परिवारपनि जिम्मेवार बन्नुपर्ने उहाँको भनाई थियो ।

‘तपाईहरुले यो सेनेटर प्याड प्रयोग गरेपछी यसको बारेमा हामीलाई सल्लाह सुझाव दिनुहोला, हामी तपाईहरुको सल्लाह सुझावको आधारमा यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर सल्लाह गर्ने छौँ’ उहाँले भन्नुभयो– ‘सेनेटरी प्याडको प्रयोगका विषयमा सबै सचेत हुन आवश्यक छ, यसको सही प्रयोग नहुँदा स्वास्थ्यमा समस्या हुन सक्छ त्यसैले छात्राहरु आफै सचेत हुने र विद्यालयले पनि यस विषयमा सहजिकरण गर्न आवश्यक छ ।’

 

नेपाल महिला सामुदायिक सेवा केन्द्रले ग्रामीण क्षेत्रका छात्राहरुलाई महिनावारीको समयमा विद्यालय छोड्नुपर्ने बाध्यता कम गर्नकालागी विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ । जिल्लाका ग्रामीण क्षेत्रका छात्रा एवं जोखीममा रहेका समुदायका महिलाहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड वितरण गर्दै आएको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो । संस्थाले सञ्चालन गरेको महिला स्वरोजगार केन्द्र घोराही १५ ले उत्पादन गरेको सेनेटरी प्याड निशुल्क रुपमा समुदायमा वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

‘हामीले महिला स्वरोजगार तालिम केन्द्र घोराहीले उत्पादन गरेको सेनेटरी प्याड एवं मास्कहरु आवश्यकता अनुसार समुदायमा वितरण गर्दै आएका छौ’ अध्यक्ष न्यौपानेले भन्नुभयो– ‘महिनावारीको समयमा विद्यालय छोड्नुपर्ने बाध्यता नहोस् भन्ने उद्धेश्यकासाथ यो अभियान सञ्चालन गरेका हौँ ।’ कार्यक्रममा मनोविमर्शकर्ता लक्ष्मी ढकालले सेनेटरी प्याड प्रयोगका विषयमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजिकरण कार्यक्रम अधिकृत आर.के.शीतलले गर्नुभएको थियो । वि.स २०५० भदौ ३ गते स्थापना भएको संस्थाले स्थापना दिवशको अवसरमा आईतवार रक्तदान एवं शैक्षिक सामाग्री वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*