Home / प्रदेश समाचार / घोराहीमा बजाज महा एक्सचेन्ज मेला आइतबारदेखि सुरु हुदै

घोराहीमा बजाज महा एक्सचेन्ज मेला आइतबारदेखि सुरु हुदै

दाङ, १० असोज । बजाज कम्पनीको आधिकारिक विक्रेता राप्ती अटो इन्जिनियरिङ (बजार शोरुम)ले घोराहीमा बजार महा एक्सचेन्ज मेला आइतवारदेखि सुरु गर्ने भएको छ । राप्ती अटो इन्जिनियरिङ (बजाज शोरुम) ले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि बजाज महा एक्सचेन्ज मेलाका बारेमा पत्रकारहरुलाई जानकारी दिएको हो ।

महा एक्सचेन्ज मेला कार्यक्रम आइतवारदेखि १६ गतेसम्म घोराहीमा चल्ने भएको राप्ती अटो इन्जिनियरिङ घोराहीका सञ्चालक बलदेव योगीले जानकारी दिएका छन । महा एक्सचेन्ज मेलामा ग्राकहहरुले आफ्नो पुरानो मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्ने व्यवस्था शोरुमले गरेको छ ।

कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजारसम्मको मूल्याकंन गर्ने र चलचल्तीको मुल्य भन्दा थप १५ हजार प्रदान गरिने सञ्चालक योगीले जानकारी दिए । उनका अनुसार यो योजनामा ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा हेल्मेट, बाईक कबर, व्याक्स, ल्यापटप ब्याग र लेगगार्ड निशुल्क प्राप्त गर्नेछन ।

त्यस्तै ग्राहकले नयाँ मोटरसाईकल खरिद गर्दा २ लाखको वारेण्टी, सात पटक फ्रि सर्भिसको व्यवस्था, नयाँ मोटरसाईकल खरिद गर्नका लागि क्यास र फइनान्सको व्यवस्था समेत गरेको छ । साथै यही असोजदेखि हुलास फाइनान्सको किस्ता भुक्तानी रकम आईएमई पे वाट पनि भुक्तानी गर्न सकिने व्यवस्था गरेको सञ्चालक योगीले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । विगत २१ बर्षदेखि घोराहीमा बजाज ब्राण्डका मोटरसाईकल र स्कुटरको ग्राहकलाई सुविधा दिदै आएको शोरुमले दशै–तिहार पर्वलाई लक्षित गरेर प्रत्येक नयाँ मोटरसाईकल खरिद गर्दा आर्थिक बर्ष २०७६÷०७७ को कर शोरुमले तिरिदिने छ भने यस योजनामा ग्राहकले न्यूनतम आठ हजारदेखि २ लाखसम्मको स्क्राच कुपन प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ ।

कार्यक्रममा बोल्दै गोरक्ष दैनिककी प्रकाशक सुलोचना गौतमले बजाज कम्पनीका बाईक तथा मोटरसाईकहरु सधै ग्राहकको पहिलो रोजाईमा पर्ने गरेको बताइन । त्यस्तै उनले बजाज महा एक्सचेन्ज मेलाले ग्राहकलाई थप सुविधा दिने भएकाले सेवा दिन समेत आग्रह गरेकी छिन । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष आर.के. शीतलले बजाज कम्पनीले ल्याउने नयाँ नयाँ मोडेलका बाईकहरु टिकाउ र आकर्षक हुने भएका कारण ग्राहकको रोजाईमा पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*