Home / Feature Breaking news / दाङ उद्योग वाणिज्य संघ : नेतृत्व खोज्दै शुसील

दाङ उद्योग वाणिज्य संघ : नेतृत्व खोज्दै शुसील

दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएसंगै चुनावी माहोल तात्न सुरु भएको छ ।

नेतृत्वका लागि व्यावसायि नेताहरुले आआफ्नो आकांक्षा व्यक्त गरिरहेका छन् । यसैक्रममा संघका वर्तमान कोषाध्यक्ष सुशील पोख्रेल पनि नेतृत्व दौडमा देखिएका छन् । उनले आफूलाई अध्यक्षको उम्मेदवार आकांक्षीका रुपमा प्रस्तुत गरे ।

‘म आगामी नेतृत्वका लागि दौडमा होमिएको छुु,’ उनले भने ‘संघमा मेरो लामो आवद्धता र अनुभवका कारण पनि मैले आफूलाई अध्यक्षको सक्षम उम्मेदवारका रुपमा प्रस्तुत गरेको छु ।’

लामो समय देखि व्यवसाय क्षेत्रमा हात हालेका सुशील उद्योग वााणिज्य संघमा रहेर काम गरेको ९ बर्ष लामो अनुभव छ । ९ बर्ष अघि संघमा कार्य समितिका रुपमा ईन्ट्री मारेका थिए सुशीलले । त्यसपछि उनि पदाधिकारीको रेसमा उत्रिए । उनि अर्को कार्यकालमा कोषाध्यक्षका आकांक्षी बने ।

उनि उम्मेदवार बने र विजयी हासिल गरे । पहिलो कार्यकाल सदस्य अनि दोस्रो कार्यकालमा कोषाध्यक्षमा फड्को मारेका सुशील गत अधिबेशनमा फेरी कोषाध्यक्ष पदकै आकांक्षी बने । उनि कोषाध्यक्ष पदको पुनः उम्मेदवार बने र जिते पनि । यसरी एक कार्यकाल सदस्य र लगातार दुई कार्यकाल कोषाध्यक्ष बनेका सुशीलले अब आफूलाई अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।

‘उद्योग वाणिज्य संघमा म ९ बर्ष लामो अवधि सम्म रहेँ,’ उनले भने ‘संघ प्रतिको यो लामो मेरो लगावले मलाई अब अध्यक्षका रुपमा काबिल बनाएको छ ।’ कोषाध्यक्षका रुपमा सुशील संघमा भित्रिएपछि संघको आर्थिक अवस्था मजबुत बनेको छ । ०७४ सालमा पहिलो पटक कोषाध्यक्षका रुपमा उनि संघमा भित्रिँदा १४ लाख ८७ हजार ७ सय ९७ रुपैयाँ घाटामा रहेको उद्योग वाणिज्य संघ उनको कार्यकालको पहिलो बर्ष आर्थिक बर्ष २०७४÷०७५ मा संघको आर्थिक स्तर धेरै माथि उठ्यो ।

अघिल्लो बर्ष १४ लाख बढि घाटामा रहेको संघ त्यो बेला २ लाख ७६ हजार २ सय ५८ रुपैयाँ नाफामा गएको थियो । लगातार पहिलो र दोस्रो कार्यकाल कोषाध्यक्ष बनेका सुशीलको दुई कार्यकालमा संघको कुल नाफा अहिले आधा करोड बढि छ । त्यसोत, व्यवसायिक हकहितका लागि सुशीलले गरेका केहि निर्णयहरु व्यवसायि मुखी पनि छन् । उनकै कार्यकालमा व्यावसायिक सुरक्षा कोषा निर्माण भएको थियो ।

यो कोषमा जम्मा भएको रकम विपद्मा परेका व्यवसायिहरुलाई राहत स्वरुप उपलब्ध गराईँदै आएको छ । यसैगरि आजिवन सदस्य प्रदान उनको कार्यकालको अर्को महत्वपूर्ण निर्णय हो ।

घोराहीका अटो व्यवसायिहरुको व्यवस्थापनका लागि सुशीलले खेलेको भूमिका अझ प्रशंशनीय छ । उनकै नेतृत्वमा घोराही बजारमा रहेका अटो व्यवसायिहरुलाई एकत्रित गरेर अटो भिलेज निर्माण भएको थियो । अटो व्यवसायलाई एकै थलोमा सञ्चालन गर्न बनेको घोराही अटो टाउन व्यवस्थापन समितिको अध्यक्ष उनै सुशील थिए ।

यसैगरि अटो व्यवसायिहरुलाई आर्थिक सहुलियत दिनका लागि सहकारी सञ्चालन गर्ने कामको नेतृत्व पनि उनै सुशीलले लिए । अटो व्यवसायिहरुलाई समेटेर शुभम लघु उद्यमी सहकारी निर्माण गर्ने अभियानको नेतृत्व सुशीलले लिएका थिए ।

सुशीलकै नेतृत्वमा गठन भएको यो सहकारीले अटो भिलेजमा व्यवसायिहरुलाई भवन निर्माणका लागि सहुलियतमा ऋण उपलब्ध गराएको थियो । ‘व्यवसायिक हकहितका लागि जहिले पनि अग्रपंक्तीमै उभिएर काम गरेको छु’ उनले भने ‘अझै पनि म यहि क्षेत्रमा रहेर व्यवासायिक हकहितका लागि काम गर्ने छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*