Home / Feature Breaking news / पत्रकार महासंघको रजत महोत्सव– जिम्मेवारीपूर्ण पत्रकारिता आवश्यकः शर्मा

पत्रकार महासंघको रजत महोत्सव– जिम्मेवारीपूर्ण पत्रकारिता आवश्यकः शर्मा

घोराही, ५ पुस ।

नेपाल पत्रकार महासंघ दाङले रमज महोत्सव मनाएको छ । मंगलवार घोराही एक भव्य कार्यक्रमको आयोजना गरि महासंघले रजत महोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै महासंघ दाङ शाखाका सस्थापक अध्यक्ष तथा प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले मर्यादित र व्यवसायीक पत्रकारिताको आवश्यकता रहेको बताए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको २५ औँ स्थापना दिवसका अवसरमा मंगलवार घोराहीमा आयोजना गरेको रजत जयन्ती महोत्सवलाई सम्वोधन गर्दै शर्माले दाङको पत्रकारितामा पछिल्लो समय विकृति देखिन थालेको भन्दै पत्रकारहरुलाई इमान्दारिताको पत्रकारिता गर्न आग्रह गरे । पत्रकार महासंघ दाङ शाखाको २५ बर्षको अवधिमा धेरै विकास भएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले इज्जत बचाउनका लागि पत्रकारहरुलाई सत्य,निष्पक्ष र सन्तुलित भएर जिम्मेवारबोध पत्रकारिता गर्न सुझाव दिए ।

त्यससँगै उनले दाङको पत्रकारिताको गुनात्मक विकासका लागि महासंघगले पत्रकारहरुको क्षमताअभिवृद्धि,भाषागत, विषयगत, आचार संहितको पालना लगायतका विषयहरुमा तालिमका माध्यमवाट सचेत बनाउन आग्रह गरे । त्यसँगै उनले सञ्चार माध्यमहरुको कलम विकास निर्माणका सकारात्मक पक्षहरुमा चलाउन आग्रह गरेका थिए ।

त्यस्तै उनले दाङ जिल्ला सुरक्षा, भौतिक अवस्था र पूर्वाधार लगायतका दृष्टिले सम्पन्न रहेको भन्दै पाँच नम्वर प्रदेशको मुकाम दाङमै स्थापना गर्न सरकारसँग माग गरे । ‘तत्काल प्रदेश मुकाम सञ्चालन गर्नका लागि आवश्यक पुर्वाधारहरु रहेका छन् उनले भने–‘पछिका लागि आवश्यक पर्ने पूर्वाधारहरु निर्माण गर्दै अघि बढ्न सकिन्छ ।’ पाँच नम्वर प्रदेशको दाङ राजधानी बनाउन न्यायीक रुपमा समेत सवैलाई पायक पर्ने उनको तर्क थियो ।

कार्यक्रमम नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले श्रमजीवी पत्रकार ऐन लागु गर्न सञ्चार माध्यमहरु तयार हुनुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका जिएमले रहरको पत्रकारिताबाट श्रमजीवि पत्रकार ऐन लागु गर्न नसकिने भन्दै उनले रहरको पत्रकारितावाट सञ्चार माध्यमका मालिकसागै पत्रकारहरु माथि उठनुपर्ने आवश्यकता रहेको बताएका छन। त्यस्तै उनले पनि दाङको पत्रकारिता देशभरमै उत्कृष्ठ रहेको भन्दै पत्रकारिताको गरिमा बचाउन सवै जिम्मेवार हुनुपर्ने बताए।

कार्यक्रमका अर्का विशिष्ट अतिथि दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा दुईका सदस्य अमर डाँगीले पत्रकारहरुले जिल्लाको विकास निर्माणलाई अघि बढाउन दवाफसँगै दाङलाई पाँच नम्वर प्रदेशको प्रदेशीक राजधानी बनाउन उपयक्त छ भन्ने शन्देस प्रवाह गर्न आवश्यक रहेको बताए । आफुहरु जनप्रतिनिधि भएको नाताले जिल्लाको समग्र विकासका लागि पहल गर्ने भन्दै आफुहरुले बाटो विराउन खोजे पत्रकारिताका क्षेत्रवाट झकझकाउन समेत आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै अन्य बक्ताहरुले पत्रकार महासंघले दाङको विकासका लागि विभिन्न उत्तार चढाप पार गर्दै यहाँसम्म आईपुगेको भन्दै महासंघ र सिङगो जिल्लाको पत्रकारिताको गरिमा बचाउन सवै सचेत भएर लाग्नुपर्ने बताएका थिए ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम, पत्रकार महासंघ दाङका सल्लाहाकार दुर्गालाल केसी, नेपाली काग्रेस दाङका सचिव शंकरप्रसाद डाँगी, नेकपा एमाले दाङका उपसचिव सुरामणि वेलबासे, नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नारायणी शर्मा, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, प्रेस युिनयन दाङका अध्यक्ष सुशिल बस्नेत, प्रेस चौतारी दाङका अध्यक्ष टीका बस्नेत, प्रेस सेन्टर दाङका उपाध्यक्ष प्रकाश चौधरी, प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल लगायतकाले बोलेका थिए ।

३७ जना पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ दाङको रजत जयन्तीका अवसरमा विभिन्न व्यक्तित्वहरु पुरस्कृत भएका छन । रजत जयन्तीका अवसरमा गोरक्ष राष्ट्रिय दैनिक, रेडियो मध्यपश्चिम, रेडियो तुलसीपुर र रेडियो हाइवेलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी पुरस्कार संस्थापकहरुमध्येबाट दुर्गा टीका स्मृति पुरस्कारका संस्थापक शितल रावतलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिभा पत्रकारिता पुरस्कारबाट सुदीप गौतम र लक्ष्मी आचार्य, वर्ष उत्कृष्ट पत्रकारिताबाट जेएन सागर, पत्रकारिता प्रोत्साहन पुरस्कारवाट दुई जना पुरस्कारहरु अन्जना चौधरी र गिरीराज नेपाली, महिला सिर्जनशीलबाट पार्वती बस्नेत, कवि गोकुल पत्रकारिता प्रतिभा पुरस्कार टीका बस्नेत, खगराज लोहनी पत्रकारिता पुरस्कारबाट दिवाकर पोख्रेल, टीकादेवी विकास पत्रकारिताबाट रोशनमान श्रेष्ठ पुरस्कृत भएका थिए।

त्यसैगरी नारायण शर्मा पत्रकारिताबाट सन्तोष दहित, रोशनस्मृति पत्रकारिता पुरस्कारबाट सुशिला वली, पण्डित लिलाकान्त मरहठ्ठा पत्रकारिता पुरस्कार टीकाराम उदासी, विष्णु–भुवनेश्वर श्रेष्ठ स्मृति पत्रकारिताबाट उदय विसी, उमाचन्द्र–गिता रजौरे स्मृति पत्रकारिता पुरस्कार रञ्जिता शर्मा, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिताबाट सुदर्शन रिजाल, ओमप्रकाश शर्मा स्मृति पत्रकारिताबाट किरणविक्रम शाह, जीतेन्द्रबहादुर शाह स्मृति पत्रकारिताबाट बालाराम खडका, दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कारबाट प्रकाश चौधरी पुरस्कृत भएका थिए । पुरस्कुत पतिभाहरुलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा महासंघको स्थापना दिवसका अवसरमा रक्तदान गर्ने ३७ जनालाई प्रमाणत्रले सम्मान गरिएको थियो । महासंघ दाङ शाखाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव गोकर्ण पौडेल र सर्मिला डिसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*