Home / समाचार / घोराहीमा बम विष्फोट

घोराहीमा बम विष्फोट

घोराही, ६ मंसीर
दाङको घोराहीमा बाम गठबन्धनले आयोजना गरेको आमसभाको नजिकै बम बिस्फोट भएको छ । बेलुका करिब ६ बजेको समयमा कार्यक्रम स्थलदेखी करिब १ सय मिटर नजिकै बम विष्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कार्यक्रम जारी रहेको समयमा खानेपानी डिभिजन कार्यालयको छेउमा बम बिष्फोट उनीहरुको भनाई छ । सभालाई नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) ले सम्बोधन गरिरहेको समयमा बम विष्फोट भएको थियो ।

विस्फोट भएको स्थान जिल्ला प्रहरी कार्यालयदेखी करिब १ सय मिटरको दुरीमा रहेको छ । विष्फोटबाट कुनै क्षति भने नभएको प्रहरीले बताएको छ । तर प्रहरीले भने पटाका पट्कीएको भनेको छ ।

जिल्लाको शान्तीनगर गाउपालिका २ बाघमारेमा वेवारिसे अवश्थामा भेटिएको दुईवटा बम नेपाली सेनाको टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो । नेपाल कम्यूनिष्ठ पार्टिले आज दाङ बन्दको आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*