Home / Feature Breaking news / नेपाली मौलिक पहिचान झल्कने ‘बिसौना रेष्टुरेण्ट’

नेपाली मौलिक पहिचान झल्कने ‘बिसौना रेष्टुरेण्ट’

दाड,२६पुस । नेपाली मौलिक पहिचान झल्कने संरचनादेखि खानाको स्वाद पाइने घोराहीमा करिव एक करोडको लगानीमा बिसौना रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नेपाली परम्परा र सस्कृति झल्किने गरि करिव ९० लाख बढीको लगानीमा घोराही उपमहानगरपालिका १५ शहिद नेत्रलाल अभागी चोकमा बिसौना रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हो ।

घोराही निवासी तीन जना युवाहरुले मौलिक विशेषतासहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन । अध्ययनसँगै विभिन्न व्यवसायमा लागेका घोराही उपमहानगरपालिका–१८ निवासी निरज गिरी, १४ निवासी रमश बुढामगर र श्रीरकुमारी बुढामगर गरी तीन जना युवायुवतीले आफ्नै ठाउँमा केही गरौ भन्ने उद्देश्यले व्यवसाय गरेको बताएका हुन् । बजार क्षेत्रमा होटेल तथा रेष्टुरेण्टहरु खुलिरहेको समयमा आफुहरुले केही फरक तरिकाले व्यवसाय सुरु गरेको व्यवसायी निरज गिरीले बताएका छन् । .उनले आधुनिक संरचना निर्माण गरेरभन्दा परम्परागत नेपाली सस्कृति झल्कने संरचना निर्माणसँगै र मौलिक नेपाली परिकारको व्यवस्था गरेको बताए ।

घोराही बजारको विचमा पनि दाउराकै आगोमा पकाएरद आटो, ढिडो, सिस्नो, फापर, मकै,लोृकल कुखुरालगायतका अर्गानिक परिकारहरु ग्राहकलाई उपलव्ध गराउने गरि सञ्चालन गरेको उनले बताए । साथै उनले रेष्टुरेण्टमा अन्य आधुनिक ब्राण्डको समेत व्यवस्था रहेको बताए । ‘बजारकोबिचमा रेष्टुरेण्टका लागि नेपाली मौलिक विशेषता झल्कने संरचना मात्रै निर्माण गरेका छैनौ । अर्गानिक नेपाली खाजाको समेत व्यवस्था गरेका छौ’,व्यवसायी गिरीले भने,‘पुराना बस्तुहरुलाई नयाँ तरिकाले फस्किएर आकर्षक बनाउने काम गरेका छौ । जसमा ग्यासबाट मात्रै होइन दाउराकै आगोमा पकाएको खाने व्यवस्था समेत गरेका छौ ।’ रेष्टुरेण्टका लागि ढाई रोपनी जग्गा मासिक ४० हजारका दरले भाडामा लिएको बताए ।

त्यही जमीनमा ग्राहकहरुलाई बस्नकालागि नेपालको तराई क्षेत्रमा बनेका पुराना खर,काठ र खपेटाले छाएका घरहरु निर्माणदेखि बस्नका लागि गुन्द्री,बिरा, पिर्काहरुसँगै काठका मुढाहरु र कर्सीहरु राखिएको छ । घरहरुको भित्तामा काठलाई आकर्षक रुपमा प्रयोग गर्नका साथै उक्त जमिनमा बिसौना घर, रेष्टुरेष्ट,नेपाली चुलो, विचमा झरनालगायतका संरचना निर्माण गरिएको सञ्चालक गिरीले बताए ।

‘हामीले ग्राहकहरुसँग पैसा मात्र लिने होइन । उहाँहरुलाई बिसौना घरमा आएपछि आनन्द र सन्तुष्टिको अनुभुति दिने प्रयास गरेका छौ’,उनले भने,‘त्यही अनुसार तराईदेखि हिमाली क्षेत्रसम्म देखिने पुराना डिजाइनका घरहरु निर्माण गरेका छौ’,अर्का सञ्चालक रमेश बुढाले भने,‘ यहाँ आएर खाने मात्र होइन यहाँको बातावरण देखेर दुःख र थकानलाई भुल्न सकुन भन्ने हो ।’ उनले त्यही अनुसार रेष्टुरेण्ट सञ्चालन भएको बताए ।

बिसौना घर सञ्चाचmन भएको अवसर पारेर सात दिनसम्म सांगीतिक साँझ समेत सुरु गरिएको छ । नेपालीहरुको मौलिक कला संंस्कृति संरक्षणमा सहयोग पु¥याउने र रेष्टुरेण्टमा आएका ग्राहकहरुलाई सन्ुतष्टि दिने गरि सांगितीक साँझ गरिएको सञ्चालक गिरीले बताए । ‘रेष्टुरेण्ट संचालनसँगै एक हप्ताका लागि नेपाली लोक सस्कृतिको संरक्षणमा पनि मद्धत पुग्ने गरि सांगीतिक साँझ पनि सुरु गरेका छौ’,उनले भने,‘जसले गर्दा ग्राहकलाई सन्तुष्टिसगै नेपाली लोक कला तथा संस्कृति क्षेत्रको संरक्षणमा सहयोग पुगोस भन्ने हो ।’ करिव एक करोडको लगानीमा सुरु भउको रेष्टुरेण्टमा अहिले १७ जनाले रोजगारी समेत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*