Home / Feature Breaking news / दाङको देउखुरीमा बस दुर्घटना, ९ महिने शिशुको मृत्यु

दाङको देउखुरीमा बस दुर्घटना, ९ महिने शिशुको मृत्यु

दाङ,२६ पुस । दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दोलाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार एक शिशुको मृत्यु भएको छ भने अन्य ९ जना घाईते भएका छन् ।

उक्त दुर्घटनामा ९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा भारत जिल्ला मोतीहारीका असिर आलकका छोरा नानु आलमको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लग्दै गर्दाबाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

बसमा सवार अन्य घाइते हुनेहरुमा पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका १६ बस्ने वर्ष ३५ का रतन शाही, रौतहट जिल्ला पुर्वाह गाउँपालिका ६ बस्ने वर्ष ३४ का रामविनायक कुर्मी, भारत जिल्ला विहार बस्ने वर्ष ४० का सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला सिन्चु नगरपालिका ९ बस्ने वर्ष १७ का दिलबहादुर क्षेत्री रहेका छन् ।

अन्य घाइतेहरुमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका १बस्ने वर्ष ३८ का पुर्णप्रसाद पाण्डे, बाँके जिल्ला कोहलपुर नगरपालिका १८ बस्ने वर्ष ३५ की शान्ता वली, हुम्ला जिल्ला तातोपानी गाउँपालिका ७ बस्ने वर्ष ४५ का धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् । घाइते मध्य केहीको लमही अस्पतालमा उपचार भैरहेको छ भने सामन्य घाइतेहरु डिस्चार्ज भएको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार रहेका थिए । तीव्र गतिमा गुडेको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ । बसका चालक प्रहरी नियन्त्रणमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*