Home / समाचार / नेपालको बैंकले इटालीमा जित्यो मुद्दा

नेपालको बैंकले इटालीमा जित्यो मुद्दा

काठमाडौं, २९ जेठ  ।

विदेशी ठेकदार कम्पनीको काउण्टर ग्यारेण्टी (धितो जमानी) बसेबापत डुबेको दुई अर्ब नेपाली रुपैयाँ फिर्ता पाउने गरी मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीमा मुद्दा जितेको छ । काउण्टर ग्यारेण्टी विवादमा नेपाली बैंकले मुद्दा जितेको यो घटना पहिलो त हुँदै हो, नेपाली बैंकलाई दुःख दिएवापत विदेशी अदालतले ठेकदार कम्पनीलाई करिब ३० हजार यूरो क्षतिपूर्ति दिलाउने निर्णय गरेको यो पहिलोपटक हो ।

मेलम्ची खानेपानी र तनहुँ जलविद्युत परियोजनाको ठेक्का ओगटेर काम नसकी नेपालबाट भागेको सीएमसी रेभिना कम्पनी आफ्नै देशको अदालतद्वारा दण्डित भएको छ । तत्कालका लागि यस घटनाले नेपाल इन्भेष्टमेन्ट बैंकलाई ठूलो राहत दिलाए पनि यस्तै प्रकरणमा विदेशमा ठूलो आर्थिक नोक्सानी ब्यहोर्ने नेपाली बैंक अरु पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*