Home / समाचार / महायज्ञमा साढे ३ लाख संकलन, डाँगीद्वारा सबैभन्दा धेरै दान

महायज्ञमा साढे ३ लाख संकलन, डाँगीद्वारा सबैभन्दा धेरै दान

दाङ, ४ भदौ

महायज्ञमा साढे ३ लाख दान संकलन भएको छ । ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ चौथो दिनसम्म ३ लाख ५३ हजार ५ सय २४ रुपैया दान संकलन भएको लेखा समितिले जानकारी दिएको छ ।

जसमा हालसम्मकै सबैभन्दा धेरै घोराही १५ का डा.शास्त्री मोतिलाल डाँगी र उहाँको धर्मपत्नी रमीला डाँगीले १ लाख १ हजार १ सय ११ रुपैया दान दान गर्नुभएको छ ।

विहीवार डाँगी दम्पतीले सो रकम दान गर्नुभएको हो । घोराही १७ गैराखुट्टी निवासी स्व. कृष्णकुमारी बुढाथोकी क्षेत्री र स्व.दलबहादुर बुढाथोकी क्षेत्रीको स्मरणमा छोरी रमीला डाँगी र ज्वाई शास्त्री मोतिलाल डाँगीले सो रकम दान गर्नुभएको महायज्ञका निर्देशनक डा.भोलानाथ योगीले जानकारी दिनुभयो ।

यस्तै घोराही १५ का माधव पन्थी र डा.जनार्दन पन्थीले ५१ हजार ५ रुपैया र घोराही १७ का अनन्तराज घिमीरेले ५१ हजार रुपैया दान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*