Home / Feature Breaking news / महायज्ञमा एक हजार आठ कन्या पूजा

महायज्ञमा एक हजार आठ कन्या पूजा

दाङ, ४ असोज
मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा विहीवार १ जहरा ८ कन्याको पूजा गरिएको छ ।

महायज्ञको चौथो दिन एक हजार ८ कन्याको पूजा गरिएको हो । कन्या पूजामा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । घोराही क्षेत्रका विभिन्न विद्यालयहरुबाट उपस्थित भएका कन्याहरुको उपस्थित भक्तजनहरुले पूजा गरेका थिए ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ को मुख्य आकर्षणको रुपमा रहेको १ हजार ८ कन्या पूजन कार्य विहीवार सम्पन्न भएको हो ।

सिद्धि विनायक संत्सग सेवा समिति दाङको आयोजनामा भएको महायज्ञमा दाङमा एकैसाथ कन्या पूज ागििरएको यो पहिलो पटक रहेको आयोजक मूल समितिले जानकारी दिएको छ ।

जसमा घोराही क्षेत्रका विद्यालयहरु हिन्दु विद्यापीठ, दाङ सनराईज, शान्ती निकेतन, भ्याली टप, अल्फा, पर्ल एकेडेमी, रझेना, स्टार मावि, गोरखा, दिपशीखा, जनज्योति, मेचीकाली, ज्योतिपुञ्ज, मदनभण्डारी र पद्मोदयका विद्यार्थीहरुको सहभािगता रहेको कन्या व्यवस्थापन उपसमितिका संयोजक मोती विष्टले जानकारी दिनुभयो । कन्याहरुलाई ओम आकारमा राखेर पूजा गरिएको थियो ।

महायज्ञमा साढे ३ लाख संकलन

महायज्ञमा साढे ३ लाख दान संकलन भएको छ । ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ चौथो दिनसम्म ३ लाख ५३ हजार ५ सय २४ रुपैया दान संकलन भएको लेखा समितिले जानकारी दिएको छ ।

जसमा हालसम्मकै सबैभन्दा धेरै घोराही १५ का डा.शास्त्री मोतिलाल डाँगी र उहाँको धर्मपत्नी रमीला डाँगीले १ लाख १ हजार १ सय ११ रुपैया दान दान गर्नुभएको छ ।

विहीवार डाँगी दम्पतीले सो रकम दान गर्नुभएको हो । घोराही १७ गैराखुट्टी निवासी स्व. कृष्णकुमारी बुढाथोकी क्षेत्री र स्व.दलबहादुर बुढाथोकी क्षेत्रीको स्मरणमा छोरी रमीला डाँगी र ज्वाई शास्त्री मोतिलाल डाँगीले सो रकम दान गर्नुभएको महायज्ञका निर्देशनक डा.भोलानाथ योगीले जानकारी दिनुभयो ।

यस्तै घोराही १५ का माधव पन्थी र डा.जनार्दन पन्थीले ५१ हजार ५ रुपैया र घोराही १७ का अनन्तराज घिमीरेले ५१ हजार रुपैया दान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*