Home / Feature Breaking news / विद्यार्थीलाई लागुऔषध कक्षा

विद्यार्थीलाई लागुऔषध कक्षा

दाङ,५ असोज । घोराहीमा रहेको सरस्वती माध्यामिक विद्यालयले विद्यार्थीहरुका लागि लागुऔषध दुव्र्यसन विरुद्धको कक्षा शुरु गरेको छ । विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसनीवाट बचाउने उद्देश्यले कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई मध्यनजर गरेर विद्यालयले लागुपदार्थ दुव्र्यसन विरुद्धको अभियान,सहि समयमा सहि पहिचान र कानुनको कार्यान्वयन सम्वन्धी जानकारी दिने उद्देश्यले लागुपदार्थ शिक्षाको पाठ्यक्रम शुभारम्भ गरेको हो ।

पछिल्लो समय विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु नै लागुपदार्थ दुव्र्यसनीमा लाग्ने गरेको देखिएकाले विद्यालयमा लागुपदार्थ दुव्र्यसनी कक्षा सञ्चालन गरिएको विद्यालयकी प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिइन । ‘लागुपदार्थ दुव्र्यसनीका बारेमा विद्यार्थीहरुलाई सचेत बनाउने उद्देश्यले विद्यालयमा कक्षा चलाएका छौँ’,विद्यालयकी प्रध्यानाध्यापक पौडेलले भनिन्,‘यो कक्षाले बालबालिकाहरुलाई सचेत बनाउनेछ ।’ लागुपदार्थ दुव्र्यसन विरुद्धको अभियान अन्तर्गत सञ्चालित कक्षामा लागुपदार्थ दुव्र्यसन भनेको के हो ? यसको सेवन गरेपछि के बेफाइदा गर्छ,लागुपदार्थ सेवनले स्वास्थ्य,घर,समाजमा पार्ने असरका बारेमा विद्यार्थीहरुलाई जानकारी दिएर सचेत बनाउने विद्यालयको उद्देश्य रहेको बताइन ।

त्यस्तै पौडेलले लागुपदार्थ दुव्र्यसनी एक प्रकारको रोग भएकाले रोगवाट बच्न बालबालिकाहरलाई सचेत हुन समेत आग्रह गरिन ।
कक्षाको घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा सदस्य दिलिप डिसीले उद्घाटन गरेका हुन । कक्षाको उद्घाटन गर्दै वडा सदस्य डिसीले लागुपदार्थ दुव्यर्सन विरुद्ध वडाका प्रत्येक विद्यालय र टोलहरुमा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । लागुपदार्थ दुव्यर्सनीका कारण पछिल्लो समय कलियो धेरैको जीवन बर्बाद हुने गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि डिसीले लागुपदार्थ दुव्यर्सनवाट बचाउन सचेतना मुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।
‘स्कुले जीवनमा बच्चाहरु देखासिकी कारण,लहलहैमा लागेर र कतिपय बालबालिकाहरु रहरका कारण दुव्यर्सनीमा फस्ने गरेका छन’,वडा सदस्य डिसीले भने,‘ यो कक्षाले त्यसरी फस्ने बालिबालिकाहरुलाई सचेत बनाउन महत्वपुर्ण भुमिका खेल्ने छ ।’ दुव्यर्सनी नियन्त्रणकालागि वडा प्रतिवद्ध रहेको समेत बताए ।
कार्यक्रममा सरस्वती टोल विकास सस्थाका अध्यक्ष लालबहादुर रावतले दुव्यर्सनी रोकथामका लागि विद्यालयमा सचेतनामुलक कक्षा सञ्चालन हुनु राम्रो भएको बताए । लागुपदार्थ दुव्यर्सन सम्वधी नार्काेनन् नेपालका बसन्त पुनले जानकारी गराएका थिए । बालबालिकाहरुलाई लागुपदार्थ दुव्यर्सनी बचाउनका लागि समुदायसँगै विद्यालयमा लागुपदार्थ शिक्षा सञ्चालन गरिएको बताए ।

‘लागुऔषध बारे सहि समयमा सहि पहिचान गर्न नसक्दा धेरै बालबालिकाहरु कुलतमा फस्ने गरेका छन्,’ पुनले भने,‘पढ्ने,लेख्ने र आफनो भविष्य बनाउने उमेरमा लागुपदार्थ दुव्यर्सनीमा नफसुन भन्ने उद्देश्यले कक्षा सञ्चालन गरेका हौ ।’ यो कक्षामा अन्तर्गत कक्षा ७ का विद्यार्थीहरुलाई लागुपदार्थ भनेको के हो ?नेपालमा दुरुपयोग हुने लागुपदार्थहरु,लागुपदार्थको असर र लागुपदार्थ र तिनका खतरनाक दुष्प्रभाव, कक्षा ८ मा दुव्र्यसन र दुव्र्यसनी भनेको के हो ?, लागुपदार्थको धरापमा मानिस कसरी फस्दछन ?,मानिस कसरी नजानिदो रुपमा दुव्यर्सनी बन्न पुग्दछ ?,लागुपदार्थको लतमा फसेको थाहा पाउने तरिका र दुव्यर्सनमा फसेका मानिसहरुलाई कसरी मद्धत गर्नेबारेमा सिकाईने छ ।

त्यस्तै कक्षा ९ मा दुव्र्यसमा परेका व्यक्तिहरुलाई कसरी मद्धत गर्ने,लागुऔषध दुव्र्यसनको उपचार तथा पुनःस्थापना, उपचार तथा पुनःस्थापना प्रक्रियाले आगुऔषध छुटउने तरिका र उपचार तथा पुनःस्थापना केन्द्रमा कसरी लैजाने र कक्षा १० मा विद्यालय तथा कलेजका विद्यार्थीहरु दुव्र्यसनको धरापमा कसरी पर्दछन,नेपालमा उपचार तथा पुनःस्थापनाका मुख्य प्रविधिहरु र नेपालमा लागुऔषध नियन्त्रण सम्वन्धी भएका कानुनी व्यवस्थाका बारेमा जानकारी गराईने भएको छ । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विकास पाण्डेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*