घोराही, ३१ जेठ
घोराहीमा रहेको गौतम नगर मार्केटले गर्मीको समयमा सर्वसाधारणहरुलाई निशुल्क चिसो पानीको व्यवस्था गरेको छ ।
घोराहीको निमा हल रोडमा रहेको गौतम नगर मार्केटले सर्वसाधारणहरुकालागी गर्मीको समयमा निशुल्क चिसो पानीको व्यवस्था गरेको हो ।
मार्केटमा फिल्टरको व्यवस्था गरेर निशुल्क रुपमा चिसो पानी पिउने व्यवस्था गरेको मार्केटका व्यवस्थापक राजिव गौतमले जानकारी दिनुभयो ।
‘मार्केटमा पाल्नुहुने सम्पूर्ण पाहुना, हाम्राग्राहकहरु ज्यू एवं सम्पूर्ण सर्वधाराणहरुकालागी निशुल्क रुपमा पिउने व्यवस्था गरेका छौँ’ व्यवस्थापक गौतमले भन्नुभयो–‘गर्मीको समय भएकाले चिसो पानीको व्यवस्था छ, जो आएर पनि पिउन सक्नु हुन्छ। सबैलाई स्वागत छ ।’
मार्केटमा आउने ग्राहक्हरुकालागी लक्की ड्रबाट विभिन्न उपहारहरुको व्यवस्था गएिको पनि उहाँले जानकारी दिनुभयो ।