Home / Feature Breaking news / पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ, ३१ जेठ ।

प्रतिनिधसभाको विकास तथा प्रविधि समितिले काठमाडौंको तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको जिम्मा पाएको पप्पु कन्ट्रक्सनलाई करवाही गर्न सरकारलाई निर्देशन दिएको छ।

काम अघि नबढाउन निर्देशन दिँदा दिंदै पनि अटेर गरि निर्माण काम बढाइरहेका निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने समितीको निश्कर्ष छ।

समिती सभापति कल्याणी कुमारी खड्काको नेतृत्वमा समिति सदस्यहरु, विज्ञ र समिति सचिवालयका कर्मचारीहरु समेतको टोलीले मिति जेठ २ गते उक्त पुलको स्थलगत अवलोकन गरेको र त्यहाँ उपस्थित सर्वसाधारण, पत्रकारहरु, पुल महाशाखाका पदाधिकारीहरु, उपत्यका सडक विस्तार आयोजना प्रमुखसँग त्यहाँको समस्याका बारेमा जानकारी लिएको थियो।

अनुगमनको क्रममा २९।५ मिटर गहिरो९लम्बाई०का १६ वटा ९१२००मिलीमिटर० पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको तर निर्माण व्यवसायीले एउटा पाइल १६।५ मिटरको मात्र निर्माण गरेको र २९दुई० वटा पाइल्स क्र्याक भएको प्राविधिक परीक्षणबाट देखिएको आयोजना सम्वद्ध कर्मचारीले जनाएका थिए।

निर्माणधीन पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिए पश्चात काठमाडौ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन भएको तर व्यवसायीले उक्त निर्देशनको पालना नै नगरी पुलको सव–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको समितीको निचोड छ।

आयोजनाले पुल रिडिजाइन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएपछि व्यवसायीले रिडिजाइन तयार गरी पेश गरेको तर सो परिमार्जित डिजाइनमा चित्त नबुझेपछि आयोजनाले उक्त डिजाईन इञ्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा पठाएको थियो। पुलमा देखिएको समस्या समाधानका लागि इञ्जिनियरिङ्ग अध्ययन संस्थानमा पठाइएको डिजाईन तहाँबाट परिमार्जित भई हालसम्म प्राप्त हुन नआएको सडक विस्तार आयोजनाले जनाएको छ।
सडक विस्तार आयोजनाले आयोजना पूर्व तयारी सम्पन्न नगरि ठेक्का लगााएकाले ढल, खानेपानीको पाइप र बिजुलीको पोल हटाउनै ६ महिना लागेकाले पनि आयोजनाको काम समयमै आरम्भ हुन नसकेको समितीलको निश्कर्ष छ।

पुल निर्माणका लागि नदीमा ठड्याईएका फलामका फर्मा९टेको०हरुले बस्ती डुबानमा परेको स्थानीय बासिन्दाहरुको गुनासो आएपछि समिति सभापतिबाट तत्कालै फर्माहरु हटाएर सम्भावित डुबान रोक्न निर्देशन भयो र आयोजना तथा निर्माण व्यवसायीले फर्मा हटाउने प्रतिवद्धता व्यक्त गरे ।

पुल निर्माणका क्रममा तीनकुने खण्डमा निर्माण गरिएको संरचनाले मानवीय दुर्घटना हुने सम्भावनादेखिएकाले त्यस्ता संरचनाहरुको तत्काल व्यवस्थापनका लागि पनि निर्देशन भयो
समाधानका लागि सडक विस्तार आयोजनाले तत्काल इञ्जिनियरिङ अध्ययन संस्थानसँग समन्वय गरी परिमार्जित डिजाइन प्राप्त गरी सोही अनुसार निर्माणको काम अघि बढाउने व्यवस्था मिलाउनुपर्ने निर्देशन दिएको छ।

त्यस्तै ‘डिजाइन र बिल्ड’ मोडलमा निर्माण भैइरहेका अन्य सडक तथा पुलहरुमा उत्पन्न हुन सक्ने समस्याहरुको तत्काल समाधानका लागि उचित व्यवस्था गर्ने, ‘डिजाइन र बिल्ड’ मोडलका अन्य काम अघि बढाउँदा आईपर्नसक्ने सम्भावित समस्याहरुको समाधानको यथोचित उपाय ठेक्का लगाउनु अघि नै समाधान गर्न सक्ने परामर्शदाता वा निकाय छनौट गरिसक्नुपर्ने, आयोजना पूर्व तयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउनुपर्ने निर्देशन दिएको छ।

त्यसैगरी समितीले काम अघि नबढाउन निर्देशन दिँदा दिदै पनि अटेर गरि निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने, निर्माण कार्यको प्रकृति हेरेर बिभिन्न सिफट्हरुमा विभाजन गरि अघि बढेका कार्यहरुको अनुगमन तथा निरिक्षणका लागि जुनसुकै समयमा कार्यक्षेत्रमा आयोजना सम्वद्ध पदाधिकारीहरु उपस्थित हुनुपर्ने र निर्माण कार्यको गुणस्तर कायम गर्न आयोजना सम्वद्ध पदाधिकारीहरुले आवश्यकता अनुसार पटक पटक प्राविधिक परिक्षणसहित गुणस्तर कायम हुने आधार सुनिश्चित गर्नुपन निर्देशन दिएको छ।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*