Home / Feature Breaking news / विश्व रक्तदाता दिवश मनाइयो

विश्व रक्तदाता दिवश मनाइयो

तुलसीपुर, ३१ जेठ ।

‘रक्तदान गरौँ जीवन उपहार दिऔं’ भन्ने नाराका साथमा तुलसीपुरमा रहेको संस्कार पाठशाला दाङले विश्व रक्तदाता दिवस मनाएको छ ।

रक्तदान मानव जीवनको सवैभन्दा पुण्य काम भएको भन्दै कार्यक्रमको आयोजना गरिएको विद्यालयका शैक्षिक संयोजक रवि चापागाईले बताए । उनले वालवालिकाहरुलाई रक्तदानकावारे जानकारी दिनकालागि कार्यक्रमको आयोजना गरिएको पनि जानकारी दिए ।

जनचेतनाका कारण रक्तदाताको संख्या पछिल्लो समय वढ्दै गएको छ ।

बालबालिकाहरुलाई प्रेरित गर्नकालागि पनि रक्तदान कार्यक्रमलाई प्राथमिकता दिइएको संयोजक चापागाईको भनाई छ । सो अवसरमा विद्यालयका शिक्षक, पत्रकार लगायत १७ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुमा पत्रकार संगित वस्याल, वसन्त आचार्य, ज्ञानज्योतिका शैक्षिक संयोजक शरद गौतम, विद्यालयका प्रतिज्ञा अधिकारी, खगेश्वर भण्डारी, मिन्नु चौधरी, रोशन पाण्डे, अजय चौधरी, रवि चापागाई लगायतका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*