Home / Feature Breaking news / कमीसनका कारण रेम्डीसिभिर औषधी रोकीयो की ?’– संविधान सभा सदस्य खनाल
फाईल तस्वीर

कमीसनका कारण रेम्डीसिभिर औषधी रोकीयो की ?’– संविधान सभा सदस्य खनाल

दाङ, ३ जेठ

घोराहीको कालिका मेडिकलबाट सरकारले तोकेको मुल्य भन्दा पनि कम मुल्यमा विक्री भईरहेको कोभिड विरामीलाई आवश्यक पर्ने रेम्डीसिभिर औषधी विक्रीमा रोक लगाईनुले सरकारप्रति नै प्रश्न खडा भएको संविधानसभा सदस्य राजु खनालले बताउनुभएको छ ।

राज्यले जनतालाई दिनुपर्ने सेवा कुनै निजी अस्पतालले मानविय सेवा भावले गरिरहेको कामलाई सरकारले रोक लगाउनु सरकारप्रति प्रश्न उब्जाउने काम भएको उहाँले बताउनुभएको छ । कोरोना भाईरसको संक्रमणबाट दाङ जिल्ला आक्रान्त बनिरहेको समयमा कोरोना भाईरस संक्रमणका विरामीहरुकालागी आवश्यक औषधी विक्रीमा रोक लगाएर दाङबासीहरुको स्वास्थ्यमाथी खेलवाड गरेको उहाँले बताउनुभयो ।

‘यो कोरोना महामारीको समयमा कोरानाका विरामीहरुकालागी आवश्यक औषधी सरकारले तोकेको मुल्यभन्दा काम मुल्यमा सेवा भावले घोराहीको कालिका मेडिकलले विक्री गरिरहेकोमा सरकारले रोक लगाउनु आपत्तिजनक विषय हो’ संविधानसभा सदस्य खनालले भन्नुभयो– ‘सरकारले तोकेको मुल्य भन्दा कम मुल्यमा औषधी दिने व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा निरुत्साहित बनाउने काम सरकारबाट भएको छ । यसले सरकार कतै कमिसनको लोभमा परेर कोभिडका बिरामीहरुको स्वास्थ्यमा खेलवाड गरेको हो कि भन्ने पश्न उब्जीएको छ ।’

उहाँले सरकारले रेम्डीसिभिर औषधी विक्री खुल्ला गर्न माग पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*