Home / Feature Breaking news / राष्ट्रिय सभा सदस्य अनिता देवकोटाको प्रश्न– ‘कोभिडका विरामीलाई आवश्यक औषधी विक्रीमा रोक किन ?’

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाको प्रश्न– ‘कोभिडका विरामीलाई आवश्यक औषधी विक्रीमा रोक किन ?’

दाङ, ३ जेठ

कोभिड विरामीलाइ आवश्यक पर्ने रेम्डीसिभिर नामको औषधी विक्रीमा रोक लगाईनु एकोमा राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । देवकोटाले सोमवार एक विज्ञप्ती जारीगर्दै यस्तो बताउनुभएको हो ।

मुलुक कोरोनाको चपेटाले अक्रान्त बनिरहेको र दाङ जिल्ला बढि कोभिड प्रभावित जिल्ला भएको समयमा कोभिडका बिरामीहरुलागी आवश्यक रेम्डीसिभिर औषधी विक्रीमा रोक लगाउनु दुखद् भएको भन्दै यस घटनाले आफू स्तब्ध भएको बताउनुभएको छ ।

दाङको तुलसीपुर क्षेत्रमा कोभिड विरामीलाइ अवश्यक पन रेम्डीसिभिर औषध िउपलव्ध रहेको र घोराही क्षेत्रमा यो औषधी नपाइने भएकोले त्यसको सहज उपलव्धता हुनु पर्ने माग भए वमोजीम घोराहीको कालिका मेडिकलले सरकारले तोकेको मुल्यभन्द कम मुल्यमा विक्री गरिरहेको भएपनि जिल्ला प्रशासन कार्यालयले सोमवार औषधी विक्रीमा रोक लगाएको घटना खेदपूर्ण रहेको देवकोटाले बताउनुभएको छ ।

‘औषधि व्यवस्था विभागको आदेश भन्दै जिल्ला प्रशासन कायार्लयले घोराहीका स्थानीय औषधि पसलवाट औषधी बेच्न रोक लगाएको घटनाले म स्तव्ध भएको छु । सरकारले एकातिर औषधि उपचारको प्रयाप्त व्यवस्था गर्न नसक्ने र अर्कोतर्फ अरूले गरेको उपचारको सहज व्यवस्थालाइ रोकेर जनतालाइ कस्तो सेवा दिन खोजेको हो ? यो महामारीमा औषधि व्यवस्था विभाग र औषधि ब्यबसायीले हातेमालो गरेर बीरामीलाई औषधि उपलब्ध गराउनुपर्नेमा उल्टै औषधि विक्रि वितरण रोक्नु अपत्तीजनक छ । विज्ञप्तीमा भनिएको छ– ‘जनतालाई सहज ढंगले उपचारको व्यवस्था गर्नु पर्नेमा उल्टै घोराही भन्दा २३ की मी टाढा तुल्सीपुरमा औषधि खोज्न जानु पर्ने ? वा १५० की मी टाढा नेपालगंज को औषधि व्यवस्था विभागसँग सम्पर्क गर्नु पर्ने नियम लगाउनुले सरकारी संयन्त्रहरू समेत कमिसनको चक्करमा लागे की भन्ने आशंका जनतामा उठ्नु स्वभाविक हुनेछ । सरकारले अनुगमन गरोस् । उक्त औषधिको कालोबजारी गर्नहरूलाई कारवाही गरोस् तर यस्तो हाहाकारको परीस्थीतीमा औषधिको सहज उपलव्धता रोकेर जनतालाइ दुःख दिने कार्य तत्काल रोकोस् । अन्यथा यो कार्य जनताकोलागी अपराधपुर्ण कार्य ठहरीने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*