Home / Feature Breaking news / जनताका भरोसाका ‘केन्द्र’ भूपबहादुर

जनताका भरोसाका ‘केन्द्र’ भूपबहादुर

वैशाख २५, दाङ ।
एउटा व्यक्ति जो निरन्तर सामाजिक कार्यमा कुदिरहन्छ । बिहान उठेदखि राति अबेरसम्म । कहिलेकाँही त मध्यरात किन नहोस्, पानीको झरी किन नहोस् कोही समस्यामा परेको, कोही अफ्ठ्यारोमा परेको खबर पाउन साथ कुदिहाल्ने, नाइनास्ती नगर्ने, भोलि भनेर नटार्ने जनताका काम भनेपछि हुरुक्क हुने, सामाजिक कामलाई पहिलो धर्म मान्ने, कर्तव्य ठान्ने तिनै हुन् यसपालि दाङको घोराही उपमहानगरपालिकाको उप प्रमुखका प्रत्यासी भूपबहादुर डाँगी । आफूलाई अनवरत रुपमा समाजसँग जोड्दै आएका डाँगी असहायका साहरा हुन्, बेसाहराका वैशाखी हुन्, जीवनमा घर्सिएकाहरुका लागि भरोसा र विश्वासका पात्र हुन । नेपाली काङ्ग्रेसका नेता डाँगी गठबन्धनका तर्फबाट दाङको घोराही उपमहानरपालिकाका उपमेयर पदका साझा उम्मेदवारका रुपमा रहेका छन् ।

No description available.

२०१४ साल कार्तिक १४ गते बुबा टोववबहादुर डाँगी र आमा इन्द्रकुमारी देवीको कोखबाट दाङको घोराही उपमहानगरपालिका वडा नंं. १६ लेटार (साविक घोराही—९) मा जन्मिएका डाँगी समाज सेवाका सारथि हुन् । बुबाको समाजप्रतिको लगावले उनमा पनि सामाजिक कार्यमा रुचि बढ्दै गएको हो । आमाले दिने ‘गरिब दुःखीका आँसु पुछ्नु, बेसाहराका साहरा बन्नू’ आशीर्वादलाई पूरा गर्न लागिरहने डाँगी राजनीतिलाई समाजसेवासँग जोड्दै आएका छन् ।

No description available.

२०३० सालदेखि नेपाली काङ्ग्रेसमा आवद्ध रहेका डाँगी निरन्तर राजनीतिक यात्रामा क्रियाशील छन् । जतिबेला उनी कक्षा ८ मा अध्ययनरत थिए । विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका डाँगीका हरेक पल र प्रहर राजनीतिक चिन्तन तथा विमर्शमा बित्ने गर्दछन् । सामाजिक कर्ममा रमाउने र समाज सेवा भनेपछि हुरुक्क हुने डाँगी सामाजिक कार्यका पर्याय नै मानिन्छन् ।

२०३६ सालमा काङ्ग्रेस निकट युवा संगठनमा आवद्ध रहेर राजनीतिमा थप क्रियाशील बनेका डाँगी काङ्ग्रेसभित्र सालिन र भद्र नेता मानिन्छन् । विभिन्न आन्दोलनमा सहभागी भएर विद्यार्थी राजनीति तथा युवा संगठनमा आवद्ध भएर पार्टीका गतिविधिमा संलग्न भइरहँदा हक्की युवाका रुपमा तत्कालीन नेताहरुको आँखामा मात्र बसेनन् रोजाइको प्राथमिकतामा समेत परेका थिए । पार्टीका गतिविधिलाई चलायमान बनाउन तथा जनस्तरमा विस्तार गर्न उनी अहोरात्र खटिरहे । परिणामतः उनी नेपाली काङ्ग्रेसका धरोहर खुमबहादुरको रोजाइमा परे । २०४३ सालमा साविक सौडियार गाविस वडा नं. १ को वडाध्यक्षमा निर्विरोध चयन भए । जनप्रतिनिधिका रुपमा निर्विरोध वडाध्यक्षमा चयन हुनुले डाँगी पार्टी पङ्तिमा मात्र होइन जनताका बिचमा प्रिय छन् भन्ने बलियो प्रमाण पेस गर्न सफल भए ।

No description available.

२०४३ सालमा मावि जन्द्रागाउँको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका डाँगीले २०४८ देखि २०५८ सालसम्म घोराही ७ मा अवस्थित माता पवित्रादेवी साङ्वेद विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर अब्बल नेतृत्व बहन गरिसकेका छन् । त्यसो त मावि सौडियारको सल्लाहकार समेत भएर शैक्षिक उन्नयनमा डाँगी लागिरहे । शिक्षा क्षेत्रसँगको आफ्नो सान्निध्य साइनोका कारण पनि शैक्षिक क्षेत्रको उन्नयनमा उनी निरन्तर रुपमा खटिरहन्छन् ।

त्यसो त विभिन्न संघ संस्थामा आवद्ध रहँदै सामाजिक सेवाभावका काममा आफूलाई तल्लीन राख्दै आएका डाँगी स्थानीय नागरिकको जीवनस्तर उकास्न तथा नागरिकलाई आत्मनिर्भर बनाउन गाउँदेखि सहरसम्मका सहकारी संस्थामा आवद्ध भएर सामाजिक चिन्तनमा तल्लीन रहेका छन् । आफूले नेतृत्व गरेका हरेक संस्थाको विकासमा उनी निरन्तर लागिरहेका छन् ।

नेपाली राजनीतिमा भएका पटकपटकका आन्दोलनमा अग्र मोर्चामा रहेर विद्रोहको नेतृत्व सम्हालिरहे । कहिले हिरासत त कहिले जेल जीवन राजनीतिका क्रममा हिँडेका बाटोको रुपमा सम्झन्छन् उनी । हिरासत र जेलले झनै परिपक्व बनाउने अनुभव बाँड्दै २०४२ सालमा नेपाली काङ्ग्रेसले देशव्यापी रुपमा थालेको कार्यक्रममा दाङमा पक्राउ परेको स्मरण गरे ।

नेपाली राजनीति बहुदलीय शासन व्यवस्थामा प्रवेश गरेसँगै राजनीति र समाज सेवालाई समानान्तर रुपमा अगाडि बढाइरहेका डाँगी क्षेत्रीय सदस्य हुँदै उपसभापतिको जिम्मेवारी मात्र सम्हालेनन् दुई कार्यकाल नेपाली काङ्ग्रेस क्षेत्र नं. २ को सभापति भएर अब्बल नेतृत्व गरिसकेका छन् । त्यसो त पार्टीको १४ औँ महाधिवेशनबाट महासमिति सदस्य बनेका डाँगी राजनीतिलाई समाज सेवासँग जोड्दै आएका छन् ।

डाँगी निष्ठा र त्यागको राजनीतिका पर्याय हुन् । अत्यन्त सरल स्वभावका डाँगी राजनीतिक इमान्दारका प्रतिमूर्ति हुन् । पार्टी र संगठनका लागि त्याग गर्दै आएका डाँगीमा पदलोलुपता भने शून्य रहेको छ । पार्टीका लागि जहिले जतिबेला पनि ठिङ्ग उभिने डाँगी दाङ काङ्ग्रेसको त धुरी खामो नै मानिन्छन् । राष्ट्र, राष्ट्रियताका लागि पनि त्यत्तिकै सशक्त रुपमा मरिमेट्ने डाँगी लोकप्रिय नेता, जनप्रेमी व्यक्ति तथा सबैका साझा र भरोसाका केन्द्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*