Home / Feature Breaking news / तुषारोले खायो तरकारी

तुषारोले खायो तरकारी

दाङ । कृषकले लगाएको तरकारी खेती तुषारोले खाएको छ । चिसो बढेसँगै परेको तुषाराले कृषकले लगाएको टमाटर, आलु लगायतको बाली नष्ट गरेको छ तुषारो पर्न थालेपछि कृषकहरु चिन्तित छन् ।

दुइ, तिनदिन जिल्लामा चिसो पनि बढेको छ । दिनको समयमा घाम लागेपनि रातको समयमा चिसो भने अत्यधिक नै छ । रात, साझ र विहानको सयममा बाहिर हिडन पनि समस्या छ । जल तथा मौषम फिल्ड कार्यालय दाङका अनुसार सनिवार दाङको तापक्रम ३.५ डिग्री छ । यो अझै कम हुने सम्भावना छ । गत वर्षपनि जिल्लामा ० डिग्रीसम्म मापन भएको थियो । ‘केहीदिन देखि लगातार तापक्रम घटदो छ’ जल तथा मौषम फिल्ड कार्यालय दाङका प्राविधिक शरद शर्माले भने ‘ यो अझै घटेर जाने छ ।’ दाङका आकाशमा बादल देखा नपरेको कारण पानी पर्ने सभावना भने छैन । दिनको समयमा घाम लागेर केही तातो महशुस भएपनि विहान, साझ र रातको समयमा भने चिसो छ ।

चिसोसँगै तुषारो समेत त्यतिकै देखा परेको प्राविधिक शर्माले बताए । तुलसीपुर उपमाहनगरपालिका १३ गिधनियाका कृषक जानकी चौधरीले केही दिन लगातार परेको तुषारोले लगाएको सवै तरकारी बाली नष्ट भएको बताइन । ‘आलु र टमाटर सवै नष्ट भएको छ’ उनले भनिन‘ अव उत्पादन हुने छैन ।’ उनका अुनसार गाउँका २० जना कृषकले सानो सानो तरकारी खेती गरेका छन् ।

खेती गरेका अधिकास कृषकले लगाएको तरकारी बाली नष्ट नै भएको छ । मिनेहत गरेर तरकारी खेती गरियो । तर फल लाग्ने बेलामा सवै तुषारोले खाएको छ’ उनले भनिन ‘ यो वर्षको परिश्रम सवै खेर गएको छ ।’ वडा अध्यक्ष डम्बरबहादुर न्यौपानेका अुनसार तुषारोको कारण गाउँमा कृषकले लगाएको तकारी बाली नष्ट भएको बताए । आलु तथा टमाटरका बोट पुरै सुकेका छन् । पात झरेका छन’ उनले भने ‘ त्यो बोटले उत्पादन दिने सम्भावना छैन।’ दलित सेवा संघले प्राविधि र विउ विजनमा सहयोग गरेपछि त्यस क्षेत्रका पुर्व कमलरी महिलालले तरकारी खेती गरेका थिए ।

तरकारी खेती गरेपनि उत्पादन दिनेबेला तुषाराले लगाएको बाली नै नष्ट गरेपछि कृषकहरु चिन्तित छन् । त्यस क्षेत्रका कृषकले आफनो आय स्तर सुधार र आफुले खानको लागि तरकारी खेत गर्दै आएका छन् । गाउँमा पानीको अभावमा छ । कसैले बोकेर पनी तरकारी खेतीमा पानी राख्ने गरेका छन भने कसैले पम्पनीसेटका प्रयोग गरेर पानीको व्यवस्था गरेका छन् ।

तुषारोले तरकारीबालीसँगै अन्नबालीमा समेत असर पुराएको छ । मसुरो लगायतको बालीमा क्षती गरेको कृषकले जनाएका छन् । तुषारोले तरकारी बालीमा हानी पुराएपछि कृषकले टनेलक र अन्य व्यवस्था गर्न स्थानीयसरकारसँग माग गरेका छन् । ‘यहाँका कृषक तरकारी खेती गर्न उत्साहित छन । तर व्यवसायीक खेती गर्नको लागि समस्या छ’ कृषक चौधरीले भनिन ‘ त्यो तर्फ स्थानीय सरकारले चासो दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*