Home / समाचार / फोटोग्राफर महासंघको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजकमा जोशी

फोटोग्राफर महासंघको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजकमा जोशी

दाङ,१४ पुस । नेपाल फोटोग्राफर महासंघको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ५को संयोजकमा बसन्त जोशी चयन भएका छन । शनिवार बुटवलमा भएको भेलाले दाङ जिल्ला उद्योग बाणिज्य सघका उपाध्यक्ष जोशी नेपाल फोटोग्राफर महासघको उपाध्यक्ष तथा प्रदेश न ५ को संयोजक तथा केन्द्रीय उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।

त्येसैगरी दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष गणेश कुमार दङाल सचीवमा र पूर्व अध्यक्ष होमराज भट्टराई सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन । त्यसैगरी महासघको अध्यक्ष मा महेन्द्रप्रसाद उपाध्याय (बुटवल) प्रदेश नं. ४ उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल, महासचिव भवदेव थापा (काठमाडौ) कोषाध्यक्षमा मोतीराम सुवेदी (पोखरा) सदस्यमा माधबप्रसाद पन्थ, कमला तिवारी पन्थ , दिनेश अर्याल , रामचन्द्र बेलवासे (बुटवल), ध्रुव सापकोटा , निपिन खतिवडा, केशर बहादुर थापा, लोकेश अधिकारी, नारायणप्रसाद जोशी , रबिनाथ दाहाल सर्वसम्मत निर्वाचित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*