Home / Feature Breaking news / धारापानीमा शिवरात्रिको तयारी

धारापानीमा शिवरात्रिको तयारी

दाङ, २५ फागुन । महाशिवरात्रीका अवसरमा घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा मेला लाग्ने भएको छ । शिवरात्रीका अवसरमा २७ गते लाग्ने मेलाको तयारीलाई तीव्र पारिएको पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

शिवरात्रीका अवसरमा धारापानीमा हुने मेला तथा विशेष पूजालाई व्यवस्थीत बनाउनका लागि विभिन्न समिति गठन गरेर तयारीलाई तीव्र पारिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए । उनले २७ गते लाग्ने मेलालाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति गठनदेखि मन्दिर परिसरलाई सजाउने काम भइरहेको बताए ।

‘२७ गते धारापानीमा लाग्ने मेला तथा मन्दिरमा हुने विशेष पूजालाई व्यवस्थित र भव्य बनाउनदेखि मन्दिरमा सजाउने काम भइरहेको छ’, सचिव आचार्यले भने– ‘जसअन्तर्गत धुलो उड्न नदिनका लागि ग्राभेल गर्ने, मन्दिरमा पतंगा टाँस्ने, सफाई गर्ने र अतिथि सत्कारका लागि समेत काम भैरहेका छन् ।’

सचिव आचार्यले कोरोना जोखिम रहेकाले महाशिवरात्रिका अवसरमा मन्दिरमा हुने विशेष पूजामा अनिवार्य मास्कको समेत प्रयोग गरिएको छ । मन्दिरमा हुने भीडभाडलाई व्यवस्थापनसँगै शिवरात्रिमा भीडभाडलाई कम गर्नका लागि छुट्टाछुट्टै मन्दिर प्रवेश गर्ने र बाहिरिने बाटो, मन्दिर आउनका लागि गाडीको व्यवस्था, भाडादर कायम, मन्दिरमा पूजाका लागि व्यवस्था, सुरक्षा, स्वास्थ्य उपाचारको व्यवस्थालगायतका कामहरु भइरहेको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले बताएका छन् ।

उनका अनुसार विगतका बर्षहरु भन्दा यसबर्ष मन्दिरमा हुने विशेष पूजालाई व्यवस्थित गर्ने काम भइरहेको बताए । महाशिवरात्रिका दिन फागुन २७ गते घोराहीमा रहेको नेपाली सेनाको टोलीले समेत धारापानीमा सलामी दिने गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*