Home / Feature Breaking news / ‘जनताले अनुभुति गर्ने गरि विकास गरेका छौँ’ अध्यक्ष पौडेल

‘जनताले अनुभुति गर्ने गरि विकास गरेका छौँ’ अध्यक्ष पौडेल

दाङ,१० चैत । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जनताले विकासको अनुभुति गर्ने गरि काम गरेको बताएका छन । संघीयता कार्यान्वयनका लागि स्थानीय तहले गरेका गतिविधिका बारेमा जनप्रतिनिधिसँग बबई गाउँपालिकामा प्रेस युनियन दाङले आयोजना गरेको छलफल कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले डेढ बर्षको अवधिमा विकास निर्माणको धेरै काम गरेको बताए ।

तर भौगोलिक विकटता र सञ्चार माध्यमहरु नहुँदा आफुले गरेका महत्वपुर्ण कामहरु बाहिर जान नसकेको बताएका थिए । डेढ बर्षको अवधिमा गाउँपालिकाले पालिकाका सम्पुर्ण बस्तीहरुलाई सडक सञ्जालको विकास गरेको बताए । ‘हामी स्थानीय तहमा आएको पहिलो बर्ष सडक निर्माणलाई प्राथमिकतामा राखेर काम ग¥यौ,’अध्यक्ष पौडेलले भने,‘अहिले गाउँपालिकाका सम्पुर्ण बस्तहरुमा सडक सञ्जाल पुगेको छ ।’ उनले अव सडक सञ्जाललाई ग्राभेल गरेर अगाडी बढाउने समेत बताए ।

त्यस्तै पौडेलले गाउँपालिकाको विकट गाउँ गंगटेमा जेठ महिनासम्म बत्ति पु¥याउने काम भईरहेको बताए । ‘गाउँपालिकाको विकट बस्ती गंगटेवासीलाई बत्तिको व्यवस्था पु¥याउने गरि अहिले पोल गाड्ने काम भईरहेको छ’, अध्यक्ष पौडेलले भने,‘जेठको अन्त्यसम्म स्थानीयले बत्ति पाल्न पाउनेछन ।’ कारण बस बत्ति बाल्ने अवस्था नभए गाउँपालिकाको उज्यालो बबई कार्यक्रम अन्तर्गत सोलारबत्ति समेत राख्न नसकेका परिवारलाई सोलार वितरण गरिने उनले बताए ।

uni

त्यस्तै पौडेलले गाउँपालिकाले आवासीय सुविधासहितका सरकारी विद्यालय बनाउनका लागि गाउँपालिकामा गुरुयोजना निर्माणको काम भईरहेको बताए । गुरुयोजना निर्माणका लागि यसबर्ष गाउँपालिकाले पाँच लाख रुपैयाँ छुट्याएको र त्यही अनुसार गुरुयोजना निर्माणको काम अघि बढेको बताए । गुरुयोजना निर्माण गर्दा गाउँपालिकामा रहेका ३४ वटा विद्यालयलाई मर्ज गरेर सवैलाई पायक पर्ने स्थानमा विद्यालय निर्माण हुने उनको भनाई छ । ‘विद्यालयको संङ्ख्या मात्र धेरै हुँदैमा पढाई राम्रो हुने रहिन्छ,’गाउँपालिका अध्यक्ष पौडेलले भने,‘त्यसैले गाउँपालिकामा रहेका विद्यालयलाई मर्ज गरेर चार वटा मात्र विद्यालय बनाउने गरि काम भईरहेको छ ।’ मर्ज गर्दा विद्यालयमा विद्यार्थी संङख्या बढ्ने र एउटै ठाउँमा राखेर पढाउन समेत सहज हुने बताए ।

अध्यक्ष पौडेलले त्यसका लागि २०७७ सालमा आवासीय सुविधासहितको एउटा विद्यालय सञ्चालनमा ल्याउने समेत प्रतिवद्धता गरे । यी विद्यालयमा प्राविधिक शिक्षा पढाई हुने समेत अध्यक्ष पौडेलले बताए ।
प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पौडेलले गाउँपालिकाले विकास निर्माणका योजनाहरुलाई पारदर्शी र गुणस्तरिय बनाउन सम्झौता कार्यान्वयनमा कडाई गरेको बताए । असारे विकासलाई रोक्नकालागि कार्यालयले योजना सम्झौता गर्न उपभोक्ताहरुलाई आग्रह गरेपछि अहिलेसम्म पूर्वाधार विकासका करिव ९० प्रतिशत योजनाहरु सम्झौता भईसकेको कार्यक्रममा जानकारी दिए ।

त्यस्तै कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्तराज अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेललगायतले बोलेका थिए ।
प्रेस युनियन दाङ शाखाका उपाध्यक्ष नारायण खड्काको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव आर.के.शीतलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*