दाङ, २७ साउन । दश हजार घुस रकमसहित सोमवार घोराहीमा एक जना शिक्षकलाई अख्तियारीको टोलीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालका वडा नं १८ मा रहेको माध्यमिक विद्यालय रझेनामा कार्यरत शिक्षक गणेश केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले विद्यार्थीसँग दश हजार रुपैयाँ घुस लिदै गर्दा घोराहीबाट पक्राउ गरेको हो ।
विद्यालयमा सञ्चालन भएको डिप्लोमा इन सिभिल इञ्जिनियरिङको प्रवेश परिक्षामा नाम निकालिदिने भन्दै एक जना विद्यार्थीसँग दश हजार रुपैँया लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिएका छन ।
पक्रापक्राउ परेका शिक्षक केसीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले बताएको छ ।
RaptiSandesh RaptiSandesh