दाङ,२७ साउन । आईटिएफ तेक्वान्दोका खेलाडी तथा रेफ्रि लिलाधर बस्नेत आईटिएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल भएका छन ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा सोमवार काठमाडौमा भएको ग्रेडिङ बृद्धि कार्यक्रमवाट बस्नेतसहित १२ जना खेलाडीहरु अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल भएका थिए । नेपाल आर्मीको बिभागीय टिमबाट आईटिएफ तेक्वान्दो खेलमा सक्रिय बस्नेत दाङबाट पहिलो पटक अन्तर्राष्ट्रिय प्रशिक्षक समेत बन्न सफल भएका हुन ।
आईटिएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय ग्राण्डमास्टर जो चोल होङबाट बस्नेतलगायतका खेलाडीहरुले फोे डान लिन सफल भएका हुन । त्यस अवसरमा पाँच जना आईटिएफका खेलाडीहरुलाई फाईभ डान प्राप्त गर्न सफल भएका हुन ।