Home / Feature Breaking news / घोराही–५ मा मास्क अभियान

घोराही–५ मा मास्क अभियान

दाङ,२८ साउन । कोरोना भाइरसको तेश्रो लहरबाट जनतालाई सुरक्षित गराउने उद्देश्यले घोराही उपमहानगरपालिका–५ को बसन्तापुरमा सचेतना मुलक मास्क अभियान सञ्चालन गरिएको छ । समुदाय प्रहरी साझेदारी घोराही–५ वडा स्तरिय समितिको आयोजनामा विहिवार कार्यक्रम भएको हो ।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता । मास्क लगाउनु नै हो, आजको आवश्यकता’ भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको थियो । त्यस अवसरमा कोरोना भाइरसबाट बच्न सकिने सचेतनामुलक नारा लेखिएका प्ले कार्डसहितको ¥याली निकालिएको थियो ।

समुदाय प्रहरी साझेदारी घोराही–५ स्तरिय समिति तथा वडा अध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोना भाइरसबाट सुरक्षित हुनका लागि अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा कोरोना भाइरसको तेश्रो लहरको जोखिम, कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने सावधानी, मास्कको प्रयोगलगायतबा बारेमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी गराएका थिए । कार्यक्रममा वडा अध्यक्ष दाहालले मास्क नलगाएर हिड्ने मानिसहरुलाई मास्क सहयोग गर्ने उद्देश्यले अस्थायी प्रहरी चौकी धारापानी र अस्थायी प्रहरी चौकी सर्राका प्रमुखहरुलाई मास्क हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा धर्ना स्वाथ्य चौकीका इन्चार्ज नारायणप्रसाद न्यौपाने, नेपाली कांग्रेस दाङका जिल्ला सचिव टेकबहादुर वलीलगायतले जनतालाई स्वास्थ्यप्रति सचेत बन्दै लापरवार्ही नगर्न आग्रह गरेका थिए । सुरक्षा सम्वन्धी बोलेका थिए । कार्यक्रमको सहजीकरण अस्थयाी पूहरी चौकी सर्राका इन्चार्ज कृष्णदत्त जोशीले गरेका थिए । ¥यालीमा शिक्षक, प्रहरी, स्वास्थ्यकर्मी र टोल विकास सस्थाका अध्यक्षहरुलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*