Home / Feature Breaking news / लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै

लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै

दाङ । लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले दाबी पेस गर्दै छ । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आज दिउँसो ३ बजेसम्म अर्थात २४ घण्टाको समय दिएर सरकारमा दाबी पेस गर्न भनेका थिए ।

कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको हो । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

कांग्रेस र माओवादीबीच आठ/आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सोही सहमति अनुसार सुरुको आठ महिनाका लागि माओवादी नेता केसीलाई अघि सारिएको हो ।

केसीसहित आज तीन सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने गठबन्धनले बताएको छ । मन्त्रीमण्डलामा माओवादी केन्द्रबाट कृष्ण ध्वज खड्का र नेपाली कांग्रेसबाट डिल्ली चौधरी सरकारमा जाने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*