दाङ, २४ साउन । समाज कल्याण नेपाल केन्द्र ले आफनो स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । घोराहीको रक्त सञ्चार केन्द्रमा एक कार्यक्रमको आयोजना गरि रक्तदान गरेको हो ।
त्यस अवसरमा गणेश बेलवासे, खुमा खडका, लिला नेपाली, तेजमणि श्रेष्ठ, अनिसा रेउले, गणेश जि एम, विनोव देवकोटा, अञ्जना मल्लले रक्त दान गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा डाक्टर अनुपमा शर्माको प्रमुख आतिथ्यता एवम घोराही उप महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले रक्तदान जिवन दान भएकाले यस्तो रचनात्मक कार्य गरेकोमा संस्थालाई धन्यावाद दिएका थिए । संस्थाले विभिन्न सामाजिक कार्य गदै आएको भन्दै आउदा दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आर के शितल, दाङ जिल्ला उद्योग बाणिज्य संघका निवर्तमान सदस्य विन्दु दाहाल, केन्द्रका सदस्य सदस्य निर्मला गौतम लगाएतकाले भनाइ राखेका थिए । केन्द्रका उपाध्यक्ष निरजा पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण जिवा भुसालले गरेकी थिइन् ।
RaptiSandesh RaptiSandesh