दाङ, १० साउन । मार्शल आर्ट हाप्किडो संघको प्रदेशस्तरिय सेमिनार दाङको घोराहीमा सुरु भएको छ । दाङ मार्शल आर्ट हाप्किडो संघको आयोजनाका सेमिनार सुरु भएको हो ।
जिल्लाका खेलकुदको विकाससँगै खेलाडीहरुको उत्साहका लागि आयोजना गरिएको सेमिनारको उद्घाटन राष्ट्रियसभा सदस्य मेटमणि चौधरीले गरेका थिए । कार्यक्रममा वोल्दै प्रतिनिधि सभा सदस्य चौधरीले खेल क्षेत्रको विकासका लागि आफु लागि पर्ने बताए । राज्यले पनि खेलको विकास गर्ने विभिन्न कार्य गदै आएको भन्दै आफु पनि लागि परेको बताएका थिए ।
त्यस्ते कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले खेलले नागरिकलाई स्वस्थ रहन खेल क्षेत्रको महत्वपुर्ण भुमिका रहने बताए । बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले सवैको सहयोगले खेलकुुद क्षेत्रको विकास गर्न सकिने बताए ।
मार्शलक आर्ट हाप्किडो संघका जिल्ला अध्यक्ष भुवन बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद पौडेल, जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष कैलाश रोका मगर, दाङ मार्शल आर्ट हाप्किडो संघका सल्लाहाकार खगेश्वर घर्ति, मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय सदस्य हरिबहादुर सुनुवारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मार्शल आर्ट हाप्किडो संघका केन्द्रीय सदस्य सुवर्ण विसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार छवि पुरीले गरेका थिए । प्रशिक्षण कार्यक्रम ८५ जना प्रशिक्षार्थी तथा खेलाडी, प्रशिक्षक गरी १ सय २५ जनाको सहभागिता रहेको छ । २ दिनसम्म सञ्चालन हुने प्रशिक्षणको मुख्य प्रशिक्षक लामन लामा, लक्ष्मण लामा, राजु तामाङ, सुदीप तामाङ, प्रविण गुरूङ र मिरा पौडेल रहेका छन् ।
RaptiSandesh RaptiSandesh