दाङ,१३ बैशाख । सत्ता गठबन्धनले बुधवार घोराहीमा बृहत भेला गर्ने भएको छ ।
यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनका लागि प्रशिक्षण दिने गरि घोराही उपमहानगरपालिका–१४ स्थीत पुरानो बसपार्कमा रहेको बहुउद्देश्य सभागृहमा सत्ता गठबन्धनको घोराही उपमहानगरपालिका स्तरीय मुल समितिले जनाएको छ ।
बुधवार विहान ८ बजे हुने भेलामा घोराही उपमहानगरपालिका प्रमुख÷उपप्रमुखसहित १९ वटै वडाका उम्मेदवार,नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने मुल समिति संयोजक भीमप्रकाश खड्काले जानकारी दिएका छन् ।
साथै खड्काले उक्त भेलामा उपस्थीतिका लागि सम्पूर्ण गठबन्धनमा आवद्ध नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । गठ बन्धनका तर्फबाट घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा हेमराज शर्मा र उपप्रमुखमा भुपबहादुर डाँगीले उम्मेदवारी रहेका छन् ।
RaptiSandesh RaptiSandesh