Home / समाचार / बंगलचुलीमा गठबन्धनका उम्मेदवार जिताउन लाग्न सवैलाई आग्रह

बंगलचुलीमा गठबन्धनका उम्मेदवार जिताउन लाग्न सवैलाई आग्रह

कमिरेचौर,१३ बैशाख । बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि दाङको बंगलाचुलीमा संयुक्त गठबन्धन निर्वाच परिचालन समितिको बैठक कमिरेचौरमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी अध्यक्षतामा बसेको बैठकले कांग्रेसलाई जिताउनका लागि लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेको हो । बैठकमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा तुलसीराम पुन र उपाध्यक्षमा नेपाली कांग्रेसबाट भक्तबहादुर जिसीले बंगलाचुली गाउँपालिकाको ४ वटा वडा गरिएको गठबन्धनलाई जसरी पनि जिताउने निर्णय गरेका हो ।

गठबन्धनकातर्फबाट बंगलाचुली वडा नं. १ वडा नं. ५, वडा नं. ६ र वडा नं. ७ मा साझा उम्मेदवार रहेका छन् । त्यसैगरी वडा नं. २, वडा नं.३ , वडा नं. ४ र वडा नं. ८ मा सौहार्द रुपमा मित्रवत चुनावी प्रतिष्प्रर्धामा सहभागी हुने निर्णय गरेको हो ।

बैठकमा गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार तुलसीराम पुन सुवास, उपाध्यक्ष पदका उम्मेद्वार भक्तबहादुर जिसी, नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि सदस्य नारायण भण्डारी, प्रदेश प्रतिनिधि सदस्य धुवकुमार पुन, दाङ जिल्ला सदस्य जितबहादुर वली र माओवादी केन्द्रको तर्फबाट बंगलाचुली गाउँकमिटीका अध्यक्ष डोमाकान्त कँवर, प्रदेश कमिटी सदस्य चुरामणि नेपाली जीवन, निवर्तमान उपाध्यक्ष यमुना थपा घर्ति मगर लगायत दुवै तर्फका राजनीतिक दलका पालिकाका पदाधिकारी र प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*