Home / Feature Breaking news / धारापानीमा बृहत सांस्कृतिक कार्यक्रम, सलोन बस्नेत लगायतका कलाकारसँगै झुँमे दर्शक

धारापानीमा बृहत सांस्कृतिक कार्यक्रम, सलोन बस्नेत लगायतका कलाकारसँगै झुँमे दर्शक

दाङ, २० फागुन
महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा सोमजार बृहत सांस्कृतिक कार्यक्रम भएको छ । हिन्दुहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा लाग्ने मेलाको अवसरमा “महाशिवरात्री विशेष सांस्कृतिक कार्यक्रम” भएको हो ।

IMG_0923

वन वे फिल्मस् प्रा.लिको आयोजनामा सभएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका लोकप्रीय नायक सलोन बस्नेत लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए । नायक बस्नेतले दुई वटा गीतमा नृत्य राखेका थिए । “माया हातमा रुमाल हल्लाउदै र हुकुम बक्सीयोस्” बोलको गीतमा उनले नृत्य राखेका थिए भने गीत पनि गाएका थिए ।

नेपाली लोकदोहोरी क्षेत्रकी चर्चीत गायिका शान्ति श्री परियारले आफ्ना चर्चीत गीतहरु प्रस्तुत गरेकी थिईन् । “बोल माया एक बचन बोल” बोलको गीत गाएर दर्शकहरुलाई रुवाएकी परियारले अन्य गीतहरुले पनि मनोरञ्जन दिलाएकी थिईन् । उनको प्रस्तुतिमा दर्शकहरु नाचेर साथ दिएका थिए ।

IMG_0942

गायक तथा मोडल सन्दीप न्यौपानेले आफ्नो नयाँ गीत लालुमाई गाउदा दर्शकहरु छमछमी नाचे । कार्यक्रममा मोडल अञ्जली अधिकारी, गायक विक्रम राना, बासुकला मैनाली, समीक्षा सेर्पाईली, पिताम्बर रिजाल, खड्ग शर्मा, डा. लोकराज पराजुली, मनोज श्रेष्ठ लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।

IMG_0934

कार्यक्रम संयोजक विवेक बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा नेता विवेक श्रेष्ठले यस्ता कार्यक्रमहरुले कलाकारहरुलाई प्रोत्साहन गर्ने बताए । उनले हरेक वर्ष शिवरात्रीको अवसरमा हुने सांस्कृतिक कार्यक्रमहरुले दंगाली नयाँ प्रतिभाहरुलाई उजागर गरेको पनि बताए ।

कार्यक्रमका सांस्कृतिक संयोजक सविन डाँगीको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मीहरु पिताम्बर रिजाल र प्रीती स्वर्णकारले गरेका थिए ।

मंगलवार पनि सांस्कृतिक कार्यक्रम

धारापानीमा रहेको पाण्डवेश्वर मीनदरम महाशिवरात्रीको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम मंगलवार पनि हुने भएको छ । मंगलवार पनि राष्ट्रिय तथा दंगाली कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । मंगलवार लोकदोहोरी गायिका रुपा घर्ति मगर, मोडल विनु खड्का लगायत अन्य चर्चीत कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमका सांस्कृतिक संयोजक सविन डाँगीले जानकारी दिए । कार्यक्रममा उपस्थित हुनकालागी उनले सम्पूर्णमा अनुरोध पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*